Radio Golden Live..

मधेशी मोर्चा संविधान कार्यान्वयन गर्न नदिने षड्यन्त्रमा


भक्तपुर–नेकपा एमालेका नेता तथा पूर्व सञ्चार मन्त्री शेरधन राइले मधेशी मोर्चा संविधान कुनै पनि हालतमा कार्यान्वन गर्न नदिने षड्यन्त्रमा लागिपरेको आरोप लगाएका छन् ।
रफत सञ्चार क्लवमा भएको साक्षात्कार कार्यक्रममा एमाले नेता राईले वार्तामा बोलाउँदा पनि मोर्चाले विभिन्न अडचन गर्ने र विभिन्न बहानाबाजी बनाएर संविधान कार्यान्वयन गर्न नदिने षड्यन्त्रमा लागिरहेको जनाएका छन् ।
उनले मधेशी मोर्चाको नियतमै खोट भएको बताउँदै मोर्चालाई तीन पटक लिखित रुपमा पत्र नै थमाएर वार्तामा बस्न आह्रवान गर्दा पनि वार्तामा बस्न नचाहेको बताए । मोर्चाको नियतमै खोट भएकाले मधेशी मोर्चा देशलाई कसरी अराजक, द्धन्द्धमा राखिराख्न सकिन्छ भनेर विभिन्न बहानाबाजी खोजेर आफू फाइदामा बस्न चाहेको आरोप लगाएका छन् ।
वर्तमान संविधान संशोधनलाई जस्ताको तस्तै पारित गरे पनि मोर्चाले कुनै न कुनै बहाना बनाएर वर्तमान संविधान कार्यान्वयन गर्न नदिएर देशमा अशान्ति सिर्जना गरिरहेको बताएका छन् ।
मधेशी नेताहरुको दोहोरो चरित्रले समस्या उत्पन्न गरेको भन्दै मोर्चा नेताहरु मौका परे संविधानसभा आउने भक्ता खाने र सरकारमा जाने, मौका नपर्दा संविधान नमान्ने भनेर विरोधमा हिड्ने दोहोरो चरित्र पहिले पनि गरेको र अहिले पनि त्यही मौका कुरिरहेको आरोप लगाएका छन् ।
निर्वाचनका सवालमा अहिले अनेकौ खालका गतिविधि भइरहेको बताउँदै नेता राईले निर्वाचन तोकिएको मितिमा सम्भव रहेको र गर्नुपर्ने बताए । मधेशी जनता निर्वाचनको पक्षमा भएको बताउँदै केहि मधेशी नेताले नचाहाँदैमा निर्वाचन नरोकिनेसमेत बताए ।
सरकार ससाना कुरामा अल्झेर संविधान कार्यान्वयनमा ईमानदार नभएको उनको आरोप थियो । । वर्तमान सरकाले प्रमुख विपक्षी एमालेलाई वाईपास गरेर राप्रपाजस्ता ससाना पार्टीलाई सरकारमा सामेल गराएर तालमेल गर्नुको उद्देश्य सक्ता केहि दिन र महिना दिन भएपनि टिकाउने खेल मात्र गरेको दावी गरे ।
सरकार साँच्चिकै संविधान कार्यान्वयनमा ईमानदार भए प्रतिपक्षी दलसँग सहकार्य गर्नुपर्नेमा त्यो नभएको उनले बताए । सरकारले जतिसुकै तानतुन गरेपनि सरकार केहि दिन केहि महिनामात्र टिक्नेसमेत बताए । परिस्थितिलाई सही ट्रयांकमा ल्याउन सरकारले बाटो छोड्नुपर्छ, उनले भने । संसदमा प्रस्तुत संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा जस्ताको तस्तै पारित हुन नसक्ने बताउँदै एमालेले संविधान संशोधन पारित गर्न नदिने उल्लेख गरे । वर्तमान सरकारले परिवर्तनका उपलब्धी तुहाउनेतर्फ लागिपरेको आरोपसमेत लगाए ।
कांग्रेस र माआवादीबीचको सहमतीअनुरुप प्रधानमन्त्रीको आयू एक महिनामात्र बाँकि रहेको अवस्थामा विगतमा सरकार गठनपूर्व सरकारले ब्यक्त गरेका प्रतिबद्धताअनुसार सरकारले काम नगरेको र संविधान कार्यान्वयनमा ईमानदारीता नदेखाएको बताए ।
उनले वर्तमान सरकार नैतिकताको आधारमा असक्षम रहेको बताउँदै निर्वाचन समयमा गर्ने, संविधान कार्यान्वयनतर्फ सरकारको ध्यान जान नसकेको र सरकारका आयू मात्र लम्ब्याउने खेलमा लागेको बताए ।
एमालेको सामाजिक एकता तथा राष्ट्रियताको जगमा उभिएर अविचालीत रुपमा एमाले एकठिक्का हुँदै आएको बताए । सप्तरी घटनामा एमाले दोषि नभएको नभएकोले सप्तरी घटनामा मधेशी मोर्चा प्रत्यक्ष दोषी भएको बताउँदै सुरक्षाकर्मीमाथि पेटोलियम बम प्रहार गर्ने कार्य हुँदा प्रतिकारमा दुखद घटना हुन पुगेको बताए ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]