Radio Golden Live..

आगलागी हुँदा चार लाखको क्षति


आज एक घरमा आगलागी हुँदा करिब चार लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

जिल्लाको चौरजहारी नगरपालिका–६ खागलस्थित वीरेन्द्र महतराको घरमा आगलागी हुँदा करिब चार लाखभन्दा बढीको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

पकाउने कोठाबाट सल्किएको आगोले अन्नपात, लत्ताकपडा र भाँडाकुँडा जल्दा धनमाल क्षति भएको हो ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]