Radio Golden Live..

टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु


पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकामा टिपरको ठक्करबाट आज एक साइकल यात्रीको मृत्यु भएको छ ।

ना १ क ५३६५ नंको टिपरले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलमा सवार शम्भुनाथ नगरपालिका– ३ का २२ वर्षीय किसन सदाको मृत्यु भएको हो । गम्भीर घाइते सदालाई उपचारका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालकलाई पक्राउ गरी आवश्यक कारबाहीको प्रकृया थालिएको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]