Radio Golden Live..

नयाँ बानेश्वरस्थित एम्बिसन हायर सेकेण्डरी स्कुलका शिक्षक विरुद्ध अदालतमा विद्यार्थीको बुवा


काठमाडौं— नयाँ बानेश्वरस्थित एम्बिसन हायर सेकेण्डरी स्कुलका शिक्षक दावा मोक्तानको कुटाईबाट सख्त घाईते भएका जेनिश राईका पिता मोहन राई छोराको उचित न्यायको लागि अदालत जाने भएका छन् ।
आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर राईले बालबालिको हक अधिकारलाई हनन् गर्ने शिक्षकलाई स्कुल र प्रहरी प्रशासनले कारबाही नगरेको भन्दै न्यायका लागि अदालत पुग्ने भएका हुन् ।
उनले भने, ‘मैले स्कुलका प्राध्यापकसँग घटनाको बारेमा जानकारी गराउँदा उल्टै उले मेरो शिक्षकलाई आरोप लगाउँने ?यो त सामान्य हो भन्दै थर्काउनु भयो ।’ उनले थपे, ‘बालबालिका तथा समाज कल्याण मन्त्रालय केन्द्रिय बाल कल्याण समिति, बालबालिका खोजतलास समन्वय समितिलगायत सबै आधिकारिक निकायमा जाहेरी दिदाँपनि हाम्रो छोराले न्याय नपाएको कारण अन्ततः बाध्य भएर अदालत जान लागेको छु ।’
उनले बालअधिकार हनन्को घटनाविरूद्धको आफ्नो अभियानमा सहयोग गरिदिनका लागि सबैलाई आग्रह गर्दै भने, ‘नयाँ बानेश्वर स्थित एम्बिसन एकेडेमी, उक्त विद्यालय व्यवस्थापन समिति, पीडक शिक्षक दावा मोक्तान र महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर विपक्षी बनाई म अदालत जानेकुरा जानकारी गराउँदछु ।’
त्यस्तै पाँच कक्षामा अध्ययनरत जेनिश राई कक्षाको क्याप्टेनसँग सोधेर कलममा मसि सकिदा भर्नको लागि बाहिर निस्किदा शिक्षक मोक्तानले कुटपिट गरेको पीडितका अभिभावकले बताएका छन् ।
शिक्षक मोक्तानको कुटाईबाट जेनिशको बाँया आँखा र टाउकोमा सुनिने गरि चोट लागेको बताउँदै जेनिश राईले भने, ‘मैले त्यस्तो केही गल्ति गरेको थिईन, तर सरले मसि भर्न जान लागेको बेला हिर्काउनु भयो, अब म त्यो स्कुलमा पढ्दिन, सरले मलाई कुट्नु हुन्छ, त्यो दिन मलाई मैले पिटेको भनेर घरमा आमा बाबालाई नभन्नु, यदि भनिस् भने फेरि पनि पिट्छु भनेर भन्नु भयो, त्यसपछि म स्कुल गएको छैन् ।’

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: golde[email protected]