Radio Golden Live..

बिनामापदण्ड कर्मचारी सरुवाप्रति सङ्गठनको आपत्ति


नेपाल निजामती कर्मचारी सङ्गठन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय विभागीय कार्य समितिले स्थानीय तहमा कर्मचारी सरुवा गरेको प्रति आपत्ति जनाएको छ ।

समितिका अध्यक्ष दिलबहादुर पौडेलले आज विज्ञप्ति प्रकाशित गरी पूर्वाग्राही तरिकाले बिनामापदण्ड मन्त्रालयले कर्मचारी सरुवा गरेको भन्दै आपत्ति जनाउनुभएको हो ।

निश्चित मापदण्ड बनाएर मात्र सरुवा गर्ने सहमति भएपनि मन्त्रालयले जथाभावी सरुवा गरेको उहाँले बताउनुभयो ।

विज्ञप्तिमा देश स्थानीय तहको निर्वाचनमा होमिएको अवस्थामा निर्वाचनको वातावरण बनाउने कर्मचारीलाई उत्प्ररित गरी आआफ्नो कार्य क्षेत्रमा खटाउनु पर्नेमा जथाभावी सरुवा गरेर आत्मबल कमजोर बनाउन खोजेको उल्लेख गरिएको छ ।

मन्त्रालयले ७४४ स्थानीय तहमा कार्यकारी अधिकृत पदका लागि कर्मचारी सरुवा गरेको थियो ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]