- Loading...
चुनावबाट कुनै दल भाग्न सक्दैनन् ः महासचिव पोख्रेल
- गोल्डेन खबर
- ६ साल अघि
- ७ पटक पढिएको

धनकुटा, १९ चैत । नेकपा एमालेका महासचिव इश्वर पोख्रेलले नेपाली जनता निर्वाचनको पक्षमा रहेका कारण चुनावबाट कुनै दल भाग्न नसक्ने बताउनुभएको छ ।
प्रेश चौतारी नेपाल धनकुटाले शनीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोख्रेलले संविधान संसोधनको बेमौसमी बाजा बजाउनेहरु समेत चुनावका तयारीमा लागेकाले संविधान संसोधनको विषय नै अस्पष्ट भएका कारण सबै चुनावको तयारीमा लागेका बताउनुभयो । विगतदेखि नै नेपालको राजनितिमा बाह्य हस्तक्षेप एमालेले अस्वीकार गरेको उहाँको भनाइ थियो ।
हस्तक्षेप गर्नेहरुको संविधान बनाउन नदिने षडयन्त्र सफल नभएपछि कार्यान्वयन गर्न नदिने प्रयत्नमा केहि पार्टी र समुह परिचालन गरिरहेकोतर्फ नेपालका मुख्य दलहरुलाई जिम्मेवार हुन उहाँले आग्रह गर्नुभयो । संविधानको कार्यान्वयनको र जनअधिकारको पहिलो पक्ष स्थानिय तहको निर्वाचनबाट कुनै पार्टी भाग्न नसक्ने परिस्थिति बनिसकेका कारण एमाले संविधान संसोधनको पक्षमा नरहेको बताउनुभयो ।
मधेसवादी दल केन्द्रमा चुनाव विरोधी कुरा उठाएपनि मधेशमा चुनावको तयारीमा लागिसकेका उहाँको भनाइ थियो । नागरिकता, भाषा, सिमाङ्ककन जस्ता विषय संविधानमा स्पष्ट लेखिएको कुरा कार्यान्वयन गर्न समस्या आए तत्काल संसोधन गर्न नागरिक अधिकारका पक्षमा सबै दल उभिनुपर्ने पोख्रेलले बताउनुभयो । निर्वाचनको तयारीमा मुलुक होमिएकाले अब संविधान संसोधन नहुने उहाँको भनाइ थियो ।