FLASH NEWS
  • Loading...

घुससहित नियन्त्रणमा

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ४७ पटक पढिएको
Post Thumbnail


काठमाडौँ, २० वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवा नौकुण्ड गाउँपालिका–१ र २ को कार्यालयको संयुक्त जिम्मेवारी निर्वाह गर्दै आएका वडा सचिव राजेन्द्रकुमार आचार्य र सोही कार्यालयका कार्यालय सहयोगी श्लोक लामालाई घुस रकमसहित आज पक्राउ गरेको छ ।

स्थानीय बासिन्दालाई केरुङ नाका भई चीन प्रवेशका लागि अध्यागमन कार्यालयबाट प्रवेशाज्ञा लिनका लागि आवश्यक पर्ने सिफारिसका लागि सेवाग्राहीसँग सचिव आचार्यले रु एक लाख तिस हजार र कार्यालय सहयोगी लामाले रु तीन लाख बीस हजार घुस लिँदै गरेको अवस्थामा धुन्चेस्थित गोसाइकुण्ड गाँउपालिका–६ को कार्यालयबाट घुस रकमसहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको बताइएकोछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित