FLASH NEWS
  • Loading...

चुनाव जिताउन काँग्रेस केन्द्रीय प्रतिनिधि जिल्लामा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १६७ पटक पढिएको
Post Thumbnail


काठमाडौँ, २२ वैशाख । नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी गराउन सबै जिल्लामा केन्द्रीय सदस्यलाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाएको छ ।

काँग्रेसका वरिष्ठ नेता एवम् केन्द्रीय निर्वाचन तथा परिचालन समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा आज बसेको बैठकले पहिलो चरणको स्थानीय तहको निर्वाचन हुने प्रदेश नं ३, ४ र ६ का सबै जिल्लामा पार्टीका उम्मेदवारलाई जिताउन केन्द्रीय सदस्यलाई जिल्लामा खटाएको हो ।

बैठकले उमाकान्त चौधरीलाई दोलखा, डा नारायण खड्का रामेछाप, रामकृष्ण यादव सिन्धुली, बलबहादुर केसी काभ्रेपलाञ्चोक, आनन्दप्रसाद ढुङ्गाना भक्तपुर, महेश आचार्य र लक्ष्मी परियार काठमाडाँै, फरमुल्लाह मन्सुर ललितपुर, गुरुराज घिमिरे धादिङ, कल्याणकुमार गुरुङ चितवन, कृष्णप्रसाद सिटौला सिन्धुपाल्चोक र चित्रलेखा यादवलाई नुवाकोटमा खटाएको छ ।

त्यस्तै बैठकले रमेश रिजाललाई मकवानपुर, मानबहादुर विश्वकर्मा रसुवा, पुष्पा भुसाल गोरखा, भीष्मराज आङ्दम्बे लमजुङ, डा मीनेन्द्र रिजाल तनहुँ, डा शेखर कोइराला कास्की, डा डिला सङ्ग्रौला स्याङ्जा, सरिता प्रसार्इं पर्वत, ज्ञानेन्द्रबहादुर कार्की बाग्लुङ, किरण यादव म्याग्दी, सुजाता परियार नवलपुर र दिलेन्द्रप्रसाद बडुलाई सुर्खेत खटाएको छ ।

विश्वप्रकाश शर्मा दैलेख, एनपी साउद जाजरकोट, अजयकुमार चौरासिया कालीकोट, बद्री पाण्डे मुगु, वीरबहादुर बलायर जुम्ला, महेन्द्र यादव डोल्पा, पार्वता डिसी चौधरी हुम्ला, चन्द्र भण्डारी रुकुम, किशोरसिंह राठौर सल्यान, मीन विश्वकर्मा मुस्ताङ र सीता गुरुङलाई मनाङमा खटाइएको पार्टी कार्यालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित