FLASH NEWS
  • Loading...

बेपत्ता नेता गिरी प्रहरी सम्पर्कमा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८४ पटक पढिएको
Post Thumbnail

काठमाडाँै, २२ वैशाख । दुई दिनदेखि बेपत्ता भएका नयाँ शक्ति नेपालका नेता मदन गिरी प्रहरीको सम्पर्कमा आउनु भएको छ ।

गत बुधबार बेलुका ७ बजेदेखि सम्पर्कविहीन भएका नागार्जुन नगरपालिका–७ का नयाँ शक्ति नेपालका अध्यक्षका उम्मेदवार आज बिहानदेखि प्रहरी सम्पर्कमा आउनुभएको हो । महानगरीय प्रहरी परिसर र महानगरीय अपराध महाशाखाले आज सयुक्तरुपमा पत्रकार सम्मेलन गरी आज बिहान गोदावरीबाट उहाँ सम्पर्कमा आउनुभएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा परिसरका प्रहरी वरिष्ठ उपरीक्षक छविलाल जोशीले नेपाली सेनाका पूर्व कर्मचारीसमेत रहनुभएका गिरीलाई प्रहरीले गोदावरीबाट सम्पर्कमा ल्याएको बताउनुभयो । प्रवउ जोशीले अपहरण वा त्यत्तिकै सम्पर्कविहीन भएको भन्ने बारेमा प्रहरीको अनुसन्धान जारी रहेको बताउनुभयो । अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश अमात्यले निर्वाचनको सुरक्षाबारे नेपाल प्रहरी पूर्ण तयारी रहेको बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित