- Loading...
कांग्रेस–एमालेको चुनावी सभा आरोप प्रत्यारोप मै सिमित
- गोल्डेन खबर
- ७ साल अघि
- ८६ पटक पढिएको
काठमाडौं– दोस्रो चरणको निर्वाचनको अन्तिम चुनावी सभामा सत्तरुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल एमालेबीच आरोप प्रत्यारोपमा उत्रिएका छन् ।
बुधबार हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मौन अवधि सुरू हुनु केही घन्टाअघि बुटवल उपमहानगरपालिकामा आयोजित अन्तिम चुनावी सभामा एमाले अध्यक्ष केपी ओली र कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आरोप प्रत्यारोपमा उत्रेका हुन् ।
आइतबार बुटवलको ट्राफिक चोकमा नेकपा एमालेले र राजमार्ग चौराहमा नेपाली कांग्रेसले चुनावी सभा गरेका थिए । दिउँसो २ बजेदेखि शुरू एमालेको सभा सकिएर अध्यक्ष ओली फर्किएलगत्तै ४ बजेदेखि नेपाली कांग्रेसले सभा सुरु गरेको थियो । दुई स्थानमा दुई दलका नेताहरुले गरेको मन्तव्यको अधिकांश समय भने एक अर्कालाई आरोप प्रत्यारोप मै खर्चेका थिए ।
एमाले सर्वसत्ताको बाटोमा
बुटवल– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले सर्वसत्ताको बाटोमा लम्केको आरोप लगाएका छन् । आइतबार बुटवलमै आयोजित नेपाली कांग्रेसको अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो आरोप लगाएका हुन् ।
सभालाई सम्बोधनको क्रममा अधिकांश समय एमालेविरुद्ध खनिएका नेता पौडेलले एमालेको लोकतान्त्रिकरण आवश्यक रहेको भन्दै सर्वसत्तावादको बाटो त्यागी लोकतान्त्रिक हुन सुझाव दिए ।
उनले हिमाल, पहाड र तराईको एकता नै राष्ट्रवाद भएको पनि बताएका छन् । जातजाति र पहाड तराई बिच बिभाजनको रेखा कोर्ने पार्टी राष्ट्रवादी हुन नसक्ने पौडेलको भनाई थियो । माओवादी कांग्रेस गठबन्धन प्रादेशिक र संघीय संसदको निर्वाचनसम्म मिलेर जाने भन्दै पौडेलले दुई दलबीचको एकता राष्ट्रको लागि भएको दाबी गरे ।