FLASH NEWS
  • Loading...

गायक गर्बुजा पुरस्कृत

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ५४ पटक पढिएको
गायक गर्बुजा पुरस्कृत

पोखरा-  साउन । लोकगायक खड्ग गर्बुजालाई अर्जुन नेपाली स्मृति संगीत पुरस्कार  प्रदान गरिएको छ । मौलिक लोकभाका र नेपाली लोकसंगीतका क्षेत्रमा विशेष योगदान पु¥याएबापत संगीत प्रशिक्षण केन्द्र पोखराले उहाँलाई सम्मान गरेको हो । प्रत्येक दुई वर्षमा कुनै एक व्यक्ति वा संस्थालाई प्रदान गरिने सो पुरस्कारको राशि रु १५ हजार छ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्तले सो पुरस्कारबाट गर्बुजालाई पुरस्कृत गर्दै ‘इच्छा र आत्मबल’को अगाडि शारीरिक समस्या ठूलो कुरा नभएको बताउनुभयो । पुरस्कृत व्यक्तित्व गर्बुजाले आफू दुःख र अभावबाट गायक बनेको बताउँदै आफूले छिट्टै ‘आत्मकथा’ बजारमा ल्याउन लागेको जानकारी दिनुभयो । गजल सन्ध्याका अध्यक्ष एवम् सञ्चारकर्मी अमृत सुवेदीले गर्बुजा गायक मात्रै नभई प्रत्येकले सुन्नैपर्ने गीत र पढ्नुपर्ने नलेखिएका पुस्तक भएको बताउनुभयो । पुरस्कृत व्यक्तित्वको परिचय दिँदै उहाँले भन्नुभयो, “१५ वर्षमै लाहुरे हुन हिँडेको, एक वर्ष भारतमा सर्कस, कोइला खानीदेखि होटलमा भाडा माँझ्ने कामसम्म गरी फर्केर विसं २०४३ मा घाँस काट्न जाँदा भिरबाट लडेर दुवै खुट्टा गुमाएका व्यक्ति अहिले देशको प्रसिद्ध गायक बनेका छन् ।” ‘आकाशैमुनि’, ‘हेर्दाहेर्दै कान्छीले’लगायत ‘कर्खा’, ‘झ््याउरे’, ‘सालैजो’, ‘यानीमाया’का चर्चित गीत गाउनुभएका गर्बुजाले गोरखा दक्षिणबाहु, राष्ट्रिय प्रतिभा पुरस्कार, अरुण स्मृति संगीत पुरस्कारलगायत दर्जनौँ पुरस्कार तथा सम्मान पाउनुभएको छ । “पैसाकै अभावमा गर्बुजा दुःख, पीरका गीत सुनाउँदै हिँड्थे । उनलाई देखेर कतिले कठै भनिदिन्थे, गीत सुनेर कतिले रुमालमा पैसा राखिदिन्थे”, सुवेदीले भन्नुभयो, “यसरी रुमालमा जम्मा भएको पैसाले उहाँ बाग्लुङको बलेवाबाट जहाजमा पहिलो पटक काठमाडौँ पुग्नुभएको थियो ।” कवि तीर्थ श्रेष्ठ संयोजक तथा हरिदेवी कोइराला र कृष्णबहादुर सदस्य रहेको प्रतिभा छनोट समितिले गर्बुजालाई पुरस्कृत गर्ने निर्णय गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित