FLASH NEWS
  • Loading...

बाढीपीडित अतिविपन्न परिवारलाई रु १५ हजार राहत

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ४३ पटक पढिएको
बाढीपीडित अतिविपन्न परिवारलाई रु १५ हजार राहत

|;Kt/Lsf xhf/eGbf a9L 3/ 8'afgdf clj/n jiff{sf sf/0f ljleGg vf]nf tyf gbLdf cfPsf] eLif0f af9Ln] ;Kt/Lsf Ps xhf/eGbf a9L 3/ 8'afgdf kb}{ . tl:a/ M c?0fs'df/ ofbj, /fhlj/fh, /f;;

काठमाडौँ-  साउन । मन्त्रिपरिषद्को आजको बैठकले बाढीपहिरोपीडित अत्यन्त गरिब परिवारलाई प्रतिपरिवार रु १५ हजार तुरुन्त राहतस्वरुप उपलब्ध गराउने निर्णय गरेको छ ।

बैठकले बाढी पहिरोबाट पीडितहरुको राहत, उद्धार र अस्थायी बासस्थानका लागि थप प्रभावकारी ढंगबाट काम गर्ने निर्णय गरेको छ । सोका लागि विभिन्न स्थानमा सहायक क्याम्प बनाएर राहत तथा उद्धार पुगे÷नपुगेको अनुगमन गरी नपुगेको ठाउँमा तत्कालै पु¥याउने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो । निर्वाचन क्षेत्र निर्धारण आयोगको १५ दिन म्याद थप्ने सहमति यसअघि आइतबारको मन्त्रिपरिषद् बैठकबाटै भइसकेको उहाँले जानकारी दिनुभयो ।

मुख्यसचिवको नेतृत्वमा कार्यदल

चिकित्साशास्त्र अध्ययनका लागि आशयपत्र पाएका संस्था सरकारले आफ्नो स्वामित्वमा लिन चाहेमा वा लिने सक्ने सम्भावना देखिएमा सोको सम्बन्धमा नितिगत, कानुनी र प्रक्रियागत आवश्यक राय सुझाव दिन सरकारका मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । मन्त्रिपरिषद् बैठकले मुख्यसचिवको नेतृत्वमा स्वास्थ्य सचिव, शिक्षा सचिव, अर्थ सचिव, सार्वजनिक खरिद कार्यालयका सचिव रहेको कार्यदल गठन गर्ने निर्णय गरेको प्रवक्ता बस्नेतले बताउनुभयो । कार्यदलले आवश्यकता अनुसार विज्ञको राय, सल्लाह लिन सक्नेछ । बैठकले डा गोविन्द केसीका माग सम्बोधन गर्न प्रक्रियागत विषय अगाडि बढाउने निर्णयसमेत गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित