FLASH NEWS
- Loading...
सोह्र स्थानीय तहमा काँग्रेसको उम्मेदवारी टुंगो लाग्यो
- गोल्डेन खबर
- ६ साल अघि
- २० पटक पढिएको

राजविराज- भदौ । नेपाली काँग्रेस सप्तरीले अगामी असोज २ गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि सप्तरीमा १८ वटा स्थानीय तहमध्ये १६ वटामा उम्मेदवारको नाम टुंगो लगाएको छ ।
नेपाली काँग्रेसले राजविराज नगरपालिकाको प्रमुखमा ध्रुवकुमार देव र उपप्रमुखमा सुशीलाकुमारी यादवको नाम उम्मेदवारमा छनोट गरेको छ । हनुमाननगर कंकालिनी नगरपालिका प्रमुखमा सरोज बिराजी, उपप्रमुखमा राजेश्वरीदेवी यादव, सप्तकोशी नगरपालिकाको प्रमुखमा कृष्णप्रसाद ढकाल र उपप्रमुखमा रीताकुमारी चौधरीको नाम रहेको छ । यस्तै, डाँक्नेश्वरी नगरपालिकाको प्रमुखमा नारायण यादवको नाम टुंगो लगाएको छ भने उपप्रमुखमा अझै नाम टुंगो लगाउन बाँकी रहेको बताइएको छ । त्यस्तै, सुरुङ्गा नगरपालिकामा प्रमुखको नाम टुंगो नलागे पनि उपप्रमुखमा सुष्मा चौधरीको उम्मेदवारीको टुंगो लागेको छ । बोदेबर्साइन नगरपालिकाको प्रमुखमा कर्मैत यादव र उपप्रमुखमा उर्मिलादेवी साह, कञ्चनरुप नगरपालिकामा प्रमुखबाहेक उपप्रमुखमा निरु पोखरेललाई अघि सारेको छ । खड्ग नगरपालिका र शम्भुनाथ नगरपालिका दुईवटा स्थानीय तहमा हालसम्म कुनै उम्मेदवारको नाम टुंगो लागेको छैन । यसैगरी, अग्निमाई कृष्णसवरण गाउँपालिकाको प्रमुखमा परशुराम चौधरी, उपप्रमुखमा मीना चौधरी, महदेवा गाउँपालिकाको प्रमुखमा गजेन्द्र मण्डल, उपप्रमुखमा संगीताकुमारी यादव, तिरहुत गाउँपालिकाको प्रमुखमा देवनारायण गोइत, उपप्रमुखमा गीतादेवी यादव, विष्णुपुर गाउँपालिकाको प्रमुखमा निलाम्बर यादव, उपप्रमुखमा जनजिराकुमारी यादव, बेल्ही चपेना गाउँपालिकाको प्रमुखमा परमानन्द यादव, उपप्रमुखमा पुष्पमालाकुमारी मण्डललाई चयन गरेको छ । यसैगरी, छिन्नमस्ता गाउँपालिकाको प्रमुखमा कुलानन्द यादव, उपप्रमुखमा सहिदा खातुन, रुपनी गाउँपालिकाको प्रमुखमा रामनारायण इसर, उपप्रमुखमा भोलेश्वरी चौधरी, तिलाठी कोइलाडी गाउँपालिकाको प्रमुखमा अरुणकुमार मण्डल, उपप्रमुखमा अरहुलदेवी मण्डल, बलान बिहुल गाउँपालिकाको प्रमुखमा जितेन्द्रकुमार यादव र उपप्रमुखमा अनितादेवी साहको नाम सार्वजनिक गरेको काँग्रेसले जनाएको छ । सप्तरीमा नेकपा (एमाले), संघीय समाजवादी फोरम नेपाल र नेपाली काँग्रेस गरी तीनवटा दलले अहिलेसम्म स्थानीय तहको उम्मेदवारको नाम टुंगो लगाएका बताइएको छ । यसैगरी, आन्दोलनपश्चात् निर्वाचनमा सहभागिता जनाएको राष्ट्रिय जनता पार्टीको भने हालसम्म उम्मेदवारको टुंगो नलागेको राजपाका एक नेताले राससलाई जानकारी दिनुभयो । यस्तै, सरकारमा सहभागी रहेका नेपाल लोकतान्त्रिक फोरम र नेकपा (माओवादी केन्द्र) लगायत अन्य पार्टीले समेत सप्तरीमा उम्मेदवारको नाम टुंगो लगाउन बाँकी रहेको सम्बन्धित राजनीतिक दलबाट थाहा भएको छ ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो
खुशी
अचम्म
उत्साहित
दुखी
आक्रोशित
प्रतिक्रिया दिनुहोस
गोल्डेन पब्लिकेशन नेटवर्क प्रा.लि.
मध्यपुर थिमी-५, भक्तपुर
न्युज डेस्क +९७७-९८४१९९४९१८
विज्ञापनको लागि +९७७-९८४१९९४९२४
कम्पनि दर्ता नम्बर:१२२४२९/७०/७१
प्रेस काउन्सिल दर्ता नं.: १३९४-०७३/०७४
सुचना बिभाग दर्ता नं.:२०३१/०७७-७८
वेबसाईट: goldenkhabar.com
हाम्रो टीम:
प्रकाशक : | गोल्डेन पब्लिकेशन |
प्रवन्ध निर्देशक : | .......... |
सम्पादक : | सुरेश ठाकुर |
सम्वाददाता : | पुनम हमाल |
ब्यबस्थापक : | .......... |
कानूनी सल्लाहकार : | अधिवक्ता मनिष कुमार श्रेष्ठ |
बजार ब्यबस्थापक : | सुजाता तोलाङ्गे |
साईट मेनु
© Estd 2016 Golden Khabar. | All rights reserved.
Designed by: GOJI Solution
नोट: स्रोतहरू खुलाइएका बाहेक गोल्डेन खबरमा प्रकाशित सम्पूर्ण गोल्डेन खबरका सम्पत्ति हुन् ।