FLASH NEWS
- Loading...
चिया बगानले पर्यटकलाई आकर्षित गर्दै
- गोल्डेन खबर
- ६ साल अघि
- ३७ पटक पढिएको

लमजुङ- असोज ः पश्चिमाञ्चलमा नै पहिलोपटक शुरु गरिएको लमजुङको चियाखेतीले पर्यटकलाई समेत आकर्षण गर्न थालेको छ ।
क्लोलासोँथर गाउँपालिकाको घलेगाउँ, भुजुङ, पसगाउँ, भोजे, घनपोखरा क्षेत्रमा लगाइएको चियाबारीले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको हो । पछिल्लो समय चियाबारी हेर्नकै लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको भुजुङ की चिया कृषक मीनकुमारी गुरुङ बताउनुहुन्छ । “देश विदेशबाट चिया बगान हेर्न मान्छे आउँछन्”, गुरुङले भन्नुभयो, “हामीलाई त राम्रो लागेको छ ।” हिमालकै काखमुनी रहेर चियाबारीमा रमाउन सार्क राष्ट्रकै नमूना ग्रामीण पर्यटकीय घलेगाउँ र ग्रामीण पर्यटकीय गाउँ भुजुङ पर्यटकको प्रमुख गन्तव्यस्थल बनेको छ । प्राकृतिक सुन्दरतासँगै चिया बगानलाई पनि मुख्य आकर्षक सम्पदाका रुपमा लिएको क्वहोलासोथार गाउँपालिकाका अध्यक्ष प्रेम घलेले बताउनुभयो । “प्रकृति, संस्कृति हेर्न पर्यटक आउँथे, अहिले चियाबारी हेर्न पनि आउन थालेका छन्”, घलेले भन्नुभयो, “अहिले चिया बगान पनि पर्यटकका लागि मुख्य आकर्षक बनेको छ ।” अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण क्षेत्र आयोजना (एक्याप) भुजुङको पहलमा २०५५ सालदेखि चियाखेती शुरुवात गरिएको हो । एक्याप क्षेत्रभित्र भुजुङमा २५० रोपनी, पसागाउँमा १०० र घलेगाउँमा ७० गरी एक्यापको अगुवाइमा हालसम्म ४२० रोपनी क्षेत्रफलमा चियाखेती गरिँदै आएको छ । उत्कृष्ट चिया उत्पादन गर्ने पूर्वी नेपालको सिको गर्दै लमजुङमा चियाखेती शुरुवात गरिएको हो । घलेगाउँमा चियाखेती विस्तारका लागि जिल्ला भू–संरक्षण कार्यालयले समेत सहयोग गरेको छ । प्रशस्त उत्पादन भएर पनि राम्रो प्रशोधन हुन नसक्दा लमजुङको चिया बजारसम्म आउन सकेको छैन । यहाँ उत्पादित चिया गाउँमा आएका पर्यटकका लागि र गाउँ बाहिर रहेका आफन्तजनलाई कोसेलीका रुपमा पठाउने गरेको स्थानीयवासी बताउँछन् ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो
खुशी
अचम्म
उत्साहित
दुखी
आक्रोशित
प्रतिक्रिया दिनुहोस
गोल्डेन पब्लिकेशन नेटवर्क प्रा.लि.
मध्यपुर थिमी-५, भक्तपुर
न्युज डेस्क +९७७-९८४१९९४९१८
विज्ञापनको लागि +९७७-९८४१९९४९२४
कम्पनि दर्ता नम्बर:१२२४२९/७०/७१
प्रेस काउन्सिल दर्ता नं.: १३९४-०७३/०७४
सुचना बिभाग दर्ता नं.:२०३१/०७७-७८
वेबसाईट: goldenkhabar.com
हाम्रो टीम:
प्रकाशक : | गोल्डेन पब्लिकेशन |
प्रवन्ध निर्देशक : | .......... |
सम्पादक : | सुरेश ठाकुर |
सम्वाददाता : | पुनम हमाल |
ब्यबस्थापक : | .......... |
कानूनी सल्लाहकार : | अधिवक्ता मनिष कुमार श्रेष्ठ |
बजार ब्यबस्थापक : | सुजाता तोलाङ्गे |
साईट मेनु
© Estd 2016 Golden Khabar. | All rights reserved.
Designed by: GOJI Solution
नोट: स्रोतहरू खुलाइएका बाहेक गोल्डेन खबरमा प्रकाशित सम्पूर्ण गोल्डेन खबरका सम्पत्ति हुन् ।