FLASH NEWS
  • Loading...

आगामि निर्वाचनका लागि टिकटमा भेदभाव,राजपा नेता अनसनमा

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ६२ पटक पढिएको
आगामि निर्वाचनका लागि टिकटमा भेदभाव,राजपा नेता अनसनमा

राजविराज, १३ कात्तिक । अगामी मंसिरमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि टिकट वितरणमा भेदभाव भएको भन्दै राजपा नेपालका नेता लक्ष्मण यादव दुई दिनदेखि आमरण अनशनमा बसेका छन् ।

राजपा सप्तरी क्षेत्र नं २ का सभापतिसमेत रहनुभएका यादवले नातावाद, पहुँच र व्यक्तिवादका आधारमा पार्टीले टिकट वितरण गरेको आरोप लगाए छ ।

जनआन्दोलन र मधेश आन्दोलनका अगुवाइलाई पाखा लगाई नेताहरूले आसेपासे र पहुँचवालालाई टिकट वितरण गरेको आरोप लगाउँदै यादव राजविराजस्थित गजेन्द्र चोकमा अनशनमा बसेका ह्न । विसं २०४८ देखि तत्कालीन सद्भावना पार्टीबाट राजनीतिमा लागेका उहाँ स्थानीय तह निर्वाचनमा राजविराज नगरपालिकाको प्रमुख पदका आकांक्षी ह्न् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित