- Loading...
बार्सिलोना च्याम्पियन्स लिगमा ओलम्पियाकोससँग भिड्दै
- गोल्डेन खबर
- ६ साल अघि
- ३७ पटक पढिएको

एजेन्सी,१४ कार्तिक । च्याम्पियन्स लिगको समूह ‘डि’ अन्तर्गत आज स्पेनिश क्लब बार्सिलोना ग्रीसको ओलम्पियाकोसको सामना गर्दै छ । ओलम्पियाकोसको घरेलु मैदानमा खेलिने यस खेल नेपाली समय अनुसार आज रातिको साढे १ बजे सुरु हुने छ ।
च्याम्पियन्स लिगमा ओलम्पिकोसविरुद्ध अघिल्लो खेलमा रातो कार्ड पाएका डिफेन्डर जेरार्ड पिके यस खेलमा प्रतिबन्धित छन् । जाभियर मासेरानो अस्वस्थ छन् भने अर्का मिडफिल्डर आन्द्रेस इनिएस्टा पनि चोटका कारण खेलमा सहभागी हुने छैनन् ।
लियोनल मेस्सी पनि गत साताको घरेलु खेलमा सामान्य घाइते भएका थिए तर यस खेलमा भने सुरुवात गर्ने छन् । उनलाई अग्रपंक्तिमा लुइस स्वारेज र जेरार्ड डेउलोफेउले साथ दिने छन् ।
बार्सिलोनाविरुद्ध ३(१ को हारमा राम्रै खेल पस्केको ओलम्पियाकोसले आफ्नो टोलीमा धेरै परिवर्तन नगर्ने सम्भावना छ । मिडफिल्डर सेबा भने घाइते रहेका कारण यस खेल गुमाउने छन् ।
बार्सिलोनाले समूहमा आफ्ना तीनै खेल जितेको छ भने ओलम्पियाकोसले सबै खेल हारेको छ । समूहमा एक गोल मात्र खाएको बार्सिलोनाले यस खेलमा आफ्ना केहि खेलाडिहरु घाइते रहेका बावजुद सहज जित दर्ता गर्ने देखिन्छ ।