FLASH NEWS
  • Loading...

हात-हतियार बुझाउन बैतडी प्रशासनको आग्रह

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ५८ पटक पढिएको
हात-हतियार बुझाउन बैतडी प्रशासनको आग्रह

बैतडी, १४ कात्तिक । आगामी मंसीर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सुरक्षालाई मध्यनजर राखेर जिल्ला प्रशासन कार्यालय बैतडीले आफूसंग भएका इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ ।

चुनावी सुरक्षालाई मध्यनजर गरेर हातहतियार खरखजना ऐन,२०१९ को दफा ८ बमोजिम विभिन्न व्यक्तीहरुसंग रहेका ईजाजत प्राप्त हातहतियार यही कार्तिक १५ गतेभित्र बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए ।

आफूसंग रहेका इजाजत प्राप्त हतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन सकिने प्रमुख जिल्ला अधिकारी जोशीले बताए । सार्वजनिक सूचना आह्वान गरेर हतियार बुझाउन आग्रह गरिएको जोशीले बताए ।  यस्तै बैतडीमा रहेका कार्यालय प्रमुखहरुको बैठकले निर्वाचनको समयमा कुनै पनि कार्यालय प्रमुखहरुले बिदा बस्न नपाइने निर्णय गरेको छ ।

निर्वाचनसंग सम्बन्धित विवरण र श्रोतसाधनको माग भएमा यथाशीघ्र उपलब्ध गराउने, सरकारी कार्यालयमा रहेका सवारी साधनहरु दुरुस्त राख्नुपर्ने, जिल्लामा रहेका एम्बुलेन्स तयारी अवस्थामा राख्नुपर्ने, बिदाको दिनमा सरकारी सवारी साधन सञ्चालन गर्नुपरेमा र जिल्ला बाहिर सरकारी सवारी साधन लग्नुपर्ने अवस्थामा आएमा जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्ने समेत जनाईएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित