FLASH NEWS
  • Loading...

नेपालमा स्थायी रुपमा कम्युनिष्टको औचित्य छैन : बाबुराम

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १७९ पटक पढिएको
नेपालमा स्थायी रुपमा कम्युनिष्टको औचित्य छैन : बाबुराम

पोखरा, १४ कात्तिक । नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले नेपालमा स्थायी रुपमा कम्युनिष्टको औचित्य नै नरहेको जिकीर गरेका छन् । पोखरामा पत्रकारहरुसँग भट्टराईले एमाले र माओवादीले बनाएको कम्युनिष्ट केन्द्रको पनि औचित्य नरहेको सुनाए ।

एमाले र माओवादीबीच वाम गठबन्धनलाई कम्युनिष्ट केन्द्र बनाउने सहमति भएको थाहा पाएपछि आफूले नयाँ समाजवादी शक्ति बनाउन प्रस्ताव गरेको तर, उनीहरुले नमानेपछि गठबन्धनबाटै बाहिरिएको जिकीर पनि उनको थियो ।गोरखा–२ सहित नयाँ शक्तिलाई १५ सिट नदिएर गठबन्धन तोडेको भन्ने आरोप असत्य रहेको पनि बताए ।

नेपालमा कम्युनिष्टको औचित्य सकिएको बताएका भट्टराई स्वयं पनि एमाले माओवादी केन्द्रसँगै एउटै कम्युनिष्ट केन्द्र बनाउने घोषणा गर्दै गठबन्धनमा सामेल थिए । तर भट्टराईलाई गोर्खा २ छाड्न माओवादी नमानेपछि उनी गठबन्धनबाट अलग्गिएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित