- Loading...
आर्थिक सम्बृद्धि, राष्ट्रिय एकताको रक्षा, देशका लागि कांग्रेस आवश्यक
- गोल्डेन खबर
- ६ साल अघि
- ७९ पटक पढिएको
१४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कसैलाई मन परेपनि नपरेपनि देशका लागि कांग्रेस आवश्यक रहेको बताएका छन् । कांग्रेसले मात्र आर्थिक सम्बृद्धि, राष्ट्रिय एकता र स्वाभिमानको रक्षा गर्न सक्नले उनले बताए । आम चुनावका लागि कांग्रेसको घोषणापत्र सार्वजनिक गर्दै सभापति देउवाले भने, ‘कांग्रेस पार्टी कसैलाई मन परोस् नपरोस्, देशका लागि आवश्यक हो ।’
प्रजातन्त्र विरोधी शक्तिहरु एक भएको र कम्युनिष्ट अधिनायकवाद ल्याउन खोजेको भन्दै उनले कम्युनिष्ट शासन आयो भने अन्याय भयो भन्न र रुन पनि नपाइने दाबी गरे । २००७ सालको क्रान्ति लगतै वीपी कोइराला मुर्दाबाद भन्ने अधिकार समेत दिइएको स्मरण गर्दै कांग्रेस सभापति देउवाले भने, कम्युनिष्ट शासनमा कहाँ पाइन्छ अधिकार रु तानाशाही शासनमा कहाँ पाइन्छ मुर्दावाद भन्न । अन्याय भयो भन्न नपाइने बताए ।
एमालेतर्फ संकेत गर्दै देउवाले मधेसी पहाडी तथा जातिजातिबीच द्वन्द्व चर्काउन खोजिएको भन्दै कांग्रेसले मात्र हिमाल, पहाड र मधेसलाई जोड्न सक्ने दाबी गरे ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले केही दलले संविधानको मुलमर्ममाथि नै प्रश्न उठाउन खोजेको बताए । वाम गठबन्धनको नाम नलिई उनले मुलुकलाई निरंकुशतातर्फ लैजाने उद्घोष गरेको बताउँदै त्यसको सामना गर्न कांग्रेस रहेको बताए । महामन्त्री शशांक कोइरालाले कम्युनिष्टहरु एक ठाउँमा उभिनु कांग्रेसका लागि चुनौती भएको बताए ।