FLASH NEWS
  • Loading...

साठी करोडको लागतमा जुस उद्योग, परीक्षणका लागि बजारमा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ९१ पटक पढिएको
साठी करोडको लागतमा जुस उद्योग, परीक्षणका लागि बजारमा

मोरङ, १४ कात्तिक । सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी शारडा–जाजु समूहले परीक्षणका लागि आँपको जुस बजारमा ल्याएको छ । जुस उद्योगका सञ्चालक महेश जाजूका अनुसार गुडलाइफ वेभरेज नाम दिइएको सो जुसले राम्रो बजार पाएको छ । सुनसरीको दुहबीमा रु ६० करोडको लागतमा जुस उद्योग स्थापना गरिएको हो ।

“जुसको माग बजारबाट धेरै आइरहेको छ, हामी उत्साहित भएका छौँ,” उनले भने । चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ब्राण्ड एम्बेस्डर बनाएर जाजुले उत्पादनलाई देशव्यापी बनाउने योजना बनाएका छन् ।

एसियन थाइफ्ड्स अर्थात् रमपम चाउचाउ उद्योगका सञ्चालक जाजु र सरडा नै छन् । अहिले सो उद्योगले चाउचाउ अमेरिकासमेत निर्यात गर्दै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित