FLASH NEWS
  • Loading...

स्वतन्त्र र निष्पक्ष भएर निर्वाचन पर्यवेक्षण गर्न पर्यवेक्षकलाई आग्रह : डा यादव

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ७७ पटक पढिएको
स्वतन्त्र र निष्पक्ष भएर निर्वाचन पर्यवेक्षण गर्न पर्यवेक्षकलाई आग्रह : डा यादव

काठमाडौँ, २३ कात्तिक । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले हलुका र रहरका रुपमा नलिई स्वतन्त्र र निष्पक्ष भएर निर्वाचन पर्यवेक्षण गर्न पर्यवेक्षकलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षण लागि निर्वाचन आयोगबाट अनुमतिप्राप्त गरेका राष्ट्रिय संघसंस्थाका प्रमुख एवं प्रतिनिधिसँगको अभिमुखीकरण कार्यक्रममा उनले निर्वाचनको पर्यवेक्षण नजिकका जिल्ला र शहरमा मात्र नभई दुर्गम र माथिल्लो भेगमा समेत हुन आवश्यक रहेको बताउँदै भने, “निर्वाचन पर्यवेक्षणको काम निकै जिम्मेवार र जटिल विषय हो ।

पर्यवेक्षण सूक्ष्म र बृहत् रुपमा हुनुपर्छ, निर्वाचनलाई आयोगको व्यवस्थापनका रुपमा मात्र नहेरी हाम्रो जिम्मेवारी र कर्तव्य हो भन्ने सोच सबै सरोकारवालामा हुन आवश्यक छ ।”

सो अवसरमा निर्वाचन आयुक्त नरेन्द्र दाहालले स्वदेशी तथा विदेशी पर्यवेक्षकले स्वतन्त्र र निष्पक्ष भएर गरिने पर्यवेक्षणबाट उम्मेदवार, मतदाता र सरोकार भएकाहरु सतर्क हुने र त्यसबाट निर्वाचनलाई सहयोग पुग्ने बताए ।

आयोगका सहसचिव दीपक सुवेदीले निर्वाचनमा एकरुपता ल्याउन र एउटै बुझाइ होस् भनेर प्रशिक्षणको आयोजना गरिएको जनाउँदै पर्यवेक्षण आचारसंहिताभित्र रहेर कार्यसम्पादन गर्न सुझाव दिए। आगामी निर्वाचनका लागि पर्यवेक्षण गर्न आयोगले स्वदेशी ५२ र विदेशी चारसंस्थालाई अनुमति दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित