- Loading...
आयोगका पदाधिकारी र उद्योगी व्यावसायीहरुबीच आयोगमा छलफल
- गोल्डेन खबर
- ७ साल अघि
- १७१ पटक पढिएको

काठमाडौ,२४ कात्तिक । निर्वाचन आयोग र उद्योग व्यावसायीहरुबीच चन्दाका बिषयमा सुरु भएको छलफल जारीछ । उद्योग व्यावसायीहरुले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा दलहरुले सिमा भन्दा बढी चन्दा मागेको र व्यावसायीले दिएको चन्दालाई पादर्शी नबनाएको भन्दै गुनासो गरेपछि निर्वाचन आयोगले छलफल सुरु गरेको हो ।
आयोगले पनि व्यावसायीले दिएको चन्दाका कारण दल र तीनका उमेद्वारहरुले आचाहिता उल्लंघन गरेको बताउदै आएको छ । व्यावसायीहरुले दिने चन्दा पनि निर्वाचन आचारसंहितासँग जोडिएका विषय भएकाले दलका तर्फबाट मागिने चन्दाका विषयमा छलफल सुरु गरिएको आयोगले जनाएको छ ।
निर्वाचनमा प्रचार प्रसारका लागि धेरै रकम चाहिने भएपछि पछिल्लो समयमा दलहरुले उद्योगी व्यावसायीहरुलाई पनि पार्टीको समानुपातिक सिटमा राख्ने गरेका छन । तर, दलहरुले उठाएको चन्दा पारदर्शि भने हुन सकेको छैन । कुन उद्योगी व्यावसायी वा अन्य कुनैपनि सामाजिक संस्थाले कति आर्थिक सहयोग गरे भन्ने हिसाब नभएका कारण व्यावसायीहरुले चन्दा पारदर्शिताको कुरा उठाई रहेका छन ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरूले प्रचारका लागि भन्दै उद्योगीहरूसँग मोटो रकम माग्ने गरेको गुनासो आएपछि आयोगले आज उनिहरुसंग छलफल गरेको हो । आयोगका प्रवक्ता नवराज ढकालले चुनावमा हुने आर्थिक आचारसंहिताका विषयमा छलफल गर्न व्यावसायीहरुलाई आयोगमा बोलाईएको बताए । आयोगका पदाधिकारी र उद्योगी व्यावसायीहरुबीच अहिले आयोगमा छलफल चलिरहेको छ ।