- Loading...
ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी
- गोल्डेन खबर
- ६ साल अघि
- ७४ पटक पढिएको
काठमाडौं, २४ कात्तिक । नेकपा एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभावकारीरुपले सम्पन्न गर्न पार्टीका अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
पार्टी अध्यक्ष ओलीको निवासमा शुक्रबार बसेको बैठकले पार्टी अध्यक्ष ओलीको संयोजकत्वमा २७ सदस्यीय कमिटी गरेको पार्टीका पोलिटब्यूरो सदस्य विष्णु रिमालले बताए ।
कमिटीका सदस्यमा पार्टीका नेता अमृतकुमार बोहरा, मुकुन्द न्यौपाने, डा। पुष्पराज कँडेल, रिमाल, रघुजी पन्त, वेदुराम भुसाल, डा। विजय पौडेल, अग्नि खरेल, बिन्दा पाण्डे, युवराज कार्की, सावित्री भुसाल र लालबाबु यादव रहेका छन् ।
त्यसैगरी, डा। युवराज खतिवडा, रमेश सिलवाल, हरि फुयाँल, रुद्र नेपाल, केशवप्रसाद बडाल, केदार सञ्जेल, बाबुराम दाहाल, डा। सुमित्रा अमात्य, शर्मिला कार्की, मीना ज्ञवाली, खेमराज पौडेल, विष्णु लम्साल, लोकबहादुर भण्डारी र रामचन्द्र बोहरा रहेका छन् । रासस