FLASH NEWS
- Loading...
नारायणगढ- मुग्लिन सडक आज सात घण्टा बन्द, भोलिदेखि भने कालोपत्र गर्ने
- गोल्डेन खबर
- ७ साल अघि
- ११० पटक पढिएको

काठमाडौं, २५ कार्तिक । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड आज सात घण्टा बन्द हुँदै छ । सडकखण्ड अन्तर्गत सेतीदोभानमा रहेको जोखिमयुक्त ढुंगो पन्छाउन आज सात घण्टा सवारी बन्द हुन लागेको हो ।
नारायणगढ–मुग्लिक सडक आयोजनाका अनुसार उक्त सडकखण्डको सेती दोभानमा खस्न लागेको चट्टान रहेकाले जोखिम बढेको भन्दै आज बिहान १०बजेदेखि साझँ ५ बजेसम्म सवारी रोकेर ढुंगा पन्छाउने काम गरिने आयोजनाका इन्जिनियर शिवप्रसाद खनालले बताए ।
यसैबिचः भोलिदेखि भने कालोपत्र गर्ने स्थानमा एकतर्फी बाटो सञ्चालन गरिने र भित्तो काट्ने स्थानमा बीचबीचमा सडक रोक्दै काम अघि बढाइने खनालको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस