FLASH NEWS
  • Loading...

आज महागुरु फाल्गुनन्दको १३३ औं जन्म जयन्ती

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १४९ पटक पढिएको
आज महागुरु फाल्गुनन्दको १३३ औं जन्म जयन्ती

काठमाडौं, २५ कार्तिक – नेपालका १६औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १३३ औँ जन्मजयन्ती आज भव्यताका साथ मनाइदैँ छ । किराँत धर्मका प्रर्वतक महागुरु फाल्गुनन्द लिंदेनको जन्म जयन्ती आज ताप्लेजुङ सहित पुर्वी नेपालका विभिन्न जिल्लामा भव्यताका साथ मनाइन्छ ।

ताप्लेजुङको सदरमुकाम, पाँचथरको फिदिम, लव्रेकुटी, रवि, इलामको माङसेवुङ, सहित पुर्वी नेपालका विभिन्न क्षेत्रमा यो दिवस मनाइन लागेको हो ।विक्रम सम्वत १९४२ साल कात्तिक २५ गते इलामको चुक्चिनाम्वामा जन्मिएका फाल्गुनन्द लिंदेनले पाँचथरलाई कर्मभुमी बनाएर जीवनको अन्तिम घडीसम्म सास्कृतिक अभियानको ज्ञान छर्नुभएको थियो ।

उहाँले १९८८ बैशाख २४ गते पाँचथरको शिलौटीमा तत्कालिन १० लिम्वुवानका प्रतिनिधि बोलाएर किराँत याक्थुङ वृहद चुम्लुङ बोलाएर १० बुँदे सत्य धर्म मुचुल्का पारित गराएका थिए। जस्लाई किराँत समुदायले किराँत सस्कृतिको पहिलो खुट्किलोका रुपमा लिँदै बैशाख २४ गते समाज सुधार दिबशका रुपमा मनाउने गरिन्छ । उहाँको निधन २००५ साल चैत २२ गते भयो ।

यसैबिच, महागुरु फाल्गुनन्दको जन्मजयन्ती पाँचथरको सदरमुकाम फिदिममा भव्यताका साथ मनाइने भएको छ । विश्व किरात महासंघको संयोजनमा चार संस्थाहरुले संयुक्त रुपमा सो जन्मजयन्ती मनाउन लागेका हुन् । महागुरु फाल्गुनन्दको कर्मभूमि तथा किरात समाज सुधारका लागि उहाँले सात बुँदे सत्यधर्म मुचुल्का घोषणा गर्नुभएको स्थल लब्रेकुटिमा संयुक्त रुपमा जन्मजयन्ती मनाउन लागिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित