FLASH NEWS
  • Loading...

निर्वाचन आउन १५ दिन बाँकी, आजदेखि मतदाता शिक्षा कार्यक्रम सुरु

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १६१ पटक पढिएको
निर्वाचन आउन १५ दिन बाँकी, आजदेखि मतदाता शिक्षा कार्यक्रम सुरु

काठमाडौं, २५ कार्तिक – आसन्न प्रदेश र प्रतिनिधिसभा चुनावमा बदर मत घटाउनको लागि निर्वाचन आयोगले आजदेखि मतदाता शिक्षा कार्यक्रम सुरु गर्दै छ । आयोगले पूर्वनिर्धारित योजनाभन्दा पहिलो चरणको निर्वाचन आउन १५ दिन बाँकीरहँदा धेरै ढिलो गरी आजबाट मतदाता शिक्षा कार्यक्रम सुरु गर्न लागेको हो ।

मतपत्रमा परिवर्तन गरिएकाले छापिइसकेका करिब ५५ लाख मतदाता शिक्षा सामग्री फेरि छपाउनु पर्दा मतदाता शिक्षा कार्यतालिका प्रभावित भएको आयोगले जनाएको छ । मतदाता शिक्षा कार्यकर्ता पहिलो चरणका लागि १५ दिन मात्र र दोस्रो चरणको लागि करिब २९ दिन परिचालित हुने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

देशभर १३ लाख भन्दा वढि मतदाता थपिए
स्थानीय तहको निर्वाचनताका कायम रहेका मतदाता भन्दा आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा देशभरि १३ लाख ५५ हजार मतदाता वढेका छन । स्थानीय तहको निर्वाचनमा देशभर १ करोड ४० लाख ७२ हजार ४ सय २४ मतदाता रहेकामा हाल मतदाता संख्या १ करोड ५४ लाख २७ हजार ९ सय ३५ पुगेको छ

निर्वाचन आयोगले स्थानीय निर्वाचनपछि १३ लाख ५५ हजार ५ सय १४ जना नयाँ मतदाता थपिएको उल्लेख गरेको छ । आयोगले गत ५ भदौसम्ममा १८ वर्ष पुगेकालाई मतदानका लागि मतदाता नामावलीमा राखेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित