FLASH NEWS
- Loading...
नेपालका बरिष्ठ राजनीतिज्ञ एवं पूर्वप्रधानमन्त्री बिष्टको निधन
- गोल्डेन खबर
- ७ साल अघि
- ११९ पटक पढिएको

काठमाडौं, २५ कात्तिक । नेपालका बरिष्ठ राजनीतिज्ञ एवं पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको आज निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित ९० वर्षीया विष्टको आफनै निवासमा निधन भएको हो ।
तीनपटक प्रधानमन्त्री र एक पटक मन्त्रिपरिषद्का उपाध्यक्ष समेत रहनु भएका पूर्वप्रधानमन्त्री विष्ट करिब एक वर्षदेखि बेडमै आराम गरिरहनु भएको थियो । उहाँ पहिलो पटक २०२५ चैत २५ देखि २०२६ चैत ३१ सम्म प्रधानमन्त्री बनेका थिए ।
उनी दोस्रो पटक प्रधानमन्त्री हुँदा सिंहदरबारमा आगलागी भएपछि नैतिकताका आधारमा राजीनामा दिएका थियो । सोही घटना पछि पूर्वप्रधानमन्त्री विष्ट नैतिकवान नेताका रुपमा चिनिएका छन् । । ०६१ माघ १९ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछि उहाँले मन्त्रिपरिषद्को उपाध्यक्ष बनेका थिए ।
प्रतिक्रिया दिनुहोस