FLASH NEWS
  • Loading...

गाडी पुुगेसंगै महंगी पनि कम हुने र सवै कुरा सहज

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८५ पटक पढिएको
गाडी पुुगेसंगै महंगी पनि कम हुने र सवै कुरा सहज

सिमकोट, २४ कार्तिक । हिमाली जिल्ला हुुम्ला जोड्ने कर्णाली करिडोर अन्र्तगत सिमकोट खार्पुु खण्डको खार्पुुमा पहिलो पटक गाडी पुुग्दा जनताहरुले खुुसीयाली मनाएका छन । सो खण्डको १० किलो मिटर वाटोको निर्माण कार्य पुुरा भए पछि विहीवार विहान खार्पुुमा गाडी पुुगे पछि जनताहरुले वाझाघाजा खुुसीयाली सहित स्वागत गरेका छन ।

दुुई वटा वोलेरो जीप र डोजर खार्पुुमा पहिलो चोटी पुुगे द्दघछ स्थानीय वासिन्दाले गाडी तथा चालक र गाडी मालिकलाई स्वागत गरेका छन । निक्कै खुसी हुुँदै स्थानीयले वाजा वजाएर अविर, माला, खादा, तथा अक्षेताले गाडी तथा चालकलाई स्वागत तथा सम्मान गरिएको खार्पुुनाथ गाँउ पालिकाका अध्यक्ष कर्ण वहादुुर रावलले वताउनुु भयो । अव गाडी आए पछि सिमकोटसम्मको यात्रा मात्र होइन धेरै सुुख प्राप्ती हुने सो गाँउ पालिकाकी केसी भण्डारीले बताए ।

गाडी पुुगेसंगै महंगी पनि कम हुने र सवै कुरा सहज उपलव्ध हुने उनले बताए । जनतावाट सम्मानित भए पछि अझै वाटो निर्माणमा कस्सीएर लाग्ने प्रेरणा मिलेको डोजर चालक छिरिङ लामाले बताए । एक महिना लगाएर सिमकोट खार्पुुमा वाटोको ट्याक खोन्ले कार्य पुुरा भए पछि गाडी संचालनमा आएको सम्मानीयत भए पछि लामाले बताए। धेरै ठुलो प्रयास पछि खार्पुुसम्म वाटो निर्माण भएको अव यसवाट जनतालाई धेरै सहज हुने जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी लोक वहादुुर सुुनारले बताए ।

गाडी पुुगे संगै खार्पुुनाथ गाँउ पालिकाका सवै वडा र जिल्लाका दक्षिणी क्षेत्रका वासिन्दाहरुलाई खार्पुवाट एक घण्टा गाडीमा सिमकोट यात्रा गर्न सहज भएको छ । १० किलो मिटर वाटोमा अव दुुई वटा वोलेर जीपले सेवा दिन सुुरु गरेको गाडी मालिक सरोज रावतले बताए। गाडीवाट यात्रुु तथा सामान पनि ढुवानी गर्ने र दैनिक एक गाडीले ४ ट्रिपसम्म सिमकोट खार्पुु यात्रा सुुरु गरेको उनले बताए । अव उक्त रोडलाई सडक विभागले खार्पुु सुनखाडा खण्डको वाटोको निर्माण कार्य केही दिनवाट सुुरु गर्ने भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित