FLASH NEWS
  • Loading...

आसन्न चुनावमा कम्युनिष्ट तथा राष्ट्रवादी शक्तिको विजय

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ११४ पटक पढिएको
आसन्न चुनावमा कम्युनिष्ट तथा राष्ट्रवादी शक्तिको विजय

झापा, २५ कात्तिक– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले आसन्न चुनावमा कम्युनिष्ट तथा राष्ट्रवादी शक्तिको विजयलाई कसैले रोक्न नसक्ने बताए ।

झापा क्षेत्र नं १ को धुलाबारीमा आज आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले र माओवादी केन्द्रबीचको एकताबाट विपक्षी अत्तालिएको बताए ।

आगामी चुनाव देश विकास गर्ने र देश लुट्नेबीचको प्रतिस्पर्धा भएको उहाँको भनाइ थियो । आत्मनिर्भरताको अभियानलाई रोक्न गरिँदै आएको घेराबन्दी नेपालका कम्युनिष्ट पार्टीबीचको एकताले तोडिएको अध्यक्ष ओलीको धारणा थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित