FLASH NEWS
- Loading...
बलियो कम्युनिष्ट केन्द्र बनाउने योजनाका साथ पार्टी एकता
- गोल्डेन खबर
- ७ साल अघि
- १२४ पटक पढिएको

चितवन, २५ कात्तिक । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि कम्युनिष्टको बहुमतको सरकार बन्ने र त्यसले राजनीतिक स्थिरता कायम गर्ने बतााए ।
चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका अध्यक्ष दाहालले आज पश्चिम चितवनको शिवनगरमा भएको चुनावी सभालाई सम्बोधन गर्दै दशकाँैदेखि नेपाली जनताले चाहेको कुरा यसपाली पूरा हुनलागेको बताए ।
अहिलेको वाम गठबन्धन चुनावका लागि मात्रै नभई कम्युनिष्ट एकताका लागि भएको उनको भनाइ थियो । एउटा बलियो कम्युनिष्ट केन्द्र बनाउने योजनाका साथ पार्टी एकता संयोजन समिति निर्माण गरेर अगाडि बढेको अध्यक्ष दाहालले बताए ।
प्रतिक्रिया दिनुहोस