FLASH NEWS
  • Loading...

यु–१९ युथ एसिया कपमा नेपाल बंगलादेशसँग पराजित, भोली भारतसँग खेल्ने

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १२६ पटक पढिएको
यु–१९ युथ एसिया कपमा नेपाल बंगलादेशसँग पराजित, भोली भारतसँग खेल्ने

एजेन्सी,२५ कात्तिक । मलेसियामा जारी यु–१९ युथ एसिया कप अन्तर्गत नेपाल बंगलादेशसँग पराजित भएको छ । पानीले प्रभावित भएको खेलमा बंगलादेशले ३९।५ ओभरमा डकवर्थ –लुइस प्रणाली डिएलएस मार्फत २ विकेटको जित हात पारेको हो ।

बंगलादेशको पारी सम्हाल्दै ओपनर मोहम्मद नइम शेखले ८२ बलमा सर्वाधिक ५२ रन बनाएका थिए । त्यस्तै अफिफ होसेन ध्रुबो ३३० र पिनाक घोस २५० ले पनि राम्रो ब्याटिङ प्रदर्शन गरेका थिए ।

बलिङमा खराब सुरुवात गरेको नेपालले अन्तिमतिर भने लय समातेको थियो । तर अन्तिममा केहि खराब फिल्डिङका कारण खेल बंगलादेशको पक्षमा रहन पुग्यो । बलिङतर्फ नेपालका लागि कमल ऐरी र सन्दिप लामिछानेले २-२ विकेट लिएका थिए ।

यस अघि नेपालले आफ्नो पारीमा ४०।१ ओभर खेल्दै ६ विकेटको क्षतिमा एक सय ६७ रन बनाएको थियो । तर पानीले खेल प्रभाव भएको कारण बंगलादेशले ४० ओभरमा एक सय ८१ रनको नयाँ लक्ष्य पाएको थियो ।

नेपालका लागि भिम सार्कीले ४० बलमा सर्वाधिक ४४ रन जोड्न सफल भए । रोहित कुमार पौडेलले ४० रन बनाए भने ओपनर आसिफ सेखले ५२ बलमा ३० रन बटुलेका थिए ।

त्यस्तै मिडल अर्डरमा कप्तान दिपेन्द्र ऐरी ९१२० र अनिल कुमार शाह ९१९० भने सस्तैमा पभेलियन फर्किएका थिए । बंगलादेशका नयिम हसनले सर्वाधिक ३ विकेट लिएका थिए । नेपालले आफ्नो दोस्रो खेल भोली आइतबार भारतसँग खेल्ने छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित