- Loading...
प्रधानमन्त्रि देउवाको सुझाव विपरित राष्ट्रपति औपचारिक भ्रमणका लागि यूएई जादै
- गोल्डेन खबर
- ६ साल अघि
- ८५ पटक पढिएको
काठमाडौ,२७ कात्तिक । सरकारले संयुक्त अरब इमिरेट्स युएई भ्रमणमा नजान दिएको सुझाव बिपरीत राष्ट्रपति विद्यादेवी भण्डारी खाडी मुलुक युनाइटेड अरब इमिरेट्स यूएई को औपचारिक भ्रमणका लागि आज त्यसतर्फ जादै छिन ।
परराष्ट्रमन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहनुभएका प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीलाई चुनाव नजिकै आउन लागेको तथा गहिरिँदो खाडी संकटको बेला युएई भ्रमणमा जानु ठिक नहुने सुझाव दिएका थिए । तर, राष्ट्रपति भण्डारी जानेभएपछि भ्रमणका क्रममा नेपाल र यूएईबीच आपसी हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति भण्डारी यूएईस्थित नेपाली दूतावासका कार्यवाहक राजदूतले दिने रात्रिभोजमा पनि सहभागी समेत सहभागि हुने कार्यक्रम रहेको छ । राष्ट्रपतिले दुईपक्षीय छलफलका साथै त्यहाँ रहेका नेपालीसँग अन्तरक्रिया गर्ने कार्यक्रम पनि रहेको छ ।
एक मन्त्री, तीन सचिव, सल्लाहकार, छोरी, सहयोगीलगायत २० भन्दा बढी सदस्यीय टोलीका साथ भण्डारी युएई जान लागेकी हुन् ।
खाडी मुलुकबीच नै आन्तरिक सम्बन्ध सुमधुर हुन नसकेको अवस्थामा राष्ट्रपति भण्डारी खाडीकै एक मुलुक यूएई जान लागिकी हुन् ।
परराष्ट्र मन्त्रालयले अहिले युएई नजान सल्लाह दिएपनि राष्ट्रपति भण्डारीले यसको बेवास्ता गर्दै आफ्नै इच्छा अनुसार भ्रमण पारित गराइएको परराष्ट्रमन्त्रालयले जनाएको छ ।