FLASH NEWS
  • Loading...

खच्चर व्यवसाय पछिल्लो समयमा ओझेलमा

  • गोल्डेन खबर
  • ५ साल अघि
  • २३ पटक पढिएको
खच्चर व्यवसाय पछिल्लो समयमा ओझेलमा

|dWoklZrdf~rnsf] hfh/sf]6 lhNnfdf kxf8L ufla;x?df df]6/uf8Lsf] ;]jf gePkl5 3f]8f vRr8 pQd ;fwg ag]sf] 5 . ;dfg cf];f/ kf];f/sf nflu k|d'v ;fwg 3f]8f vRr8 ag]sf] 5 . ;dfg cf];f/ kf];f/ ub}{ vRr8x? t:aL/M /fs]zs'df/ ld> vh'/f -afFs]_

कालीकोट, २८ कात्तिक । जिल्लामा ढुवानीको प्रमुख साधनका रुपमा लिइएको खच्चर व्यवसाय पछिल्लो समयमा ओझेलमा पर्दै गएको छ ।रास्कोट क्षेत्र र पचालझरना गाउँपालिकासम्म यातायातको सुविधा भएपछि खच्चर व्यवसाय ओझेलमा परेको हो ।

कुनै समयमा स्थानीयले आफैँ बोक्ने भारी पछिल्लो समयमा खच्चरमा ढुवानी गर्न थालिएको थियो । खच्चर किन्नका लागि एक समयमा प्रतिस्पर्धा नै चल्थ्यो । तर अहिले खच्चर बिक्री गर्न प्रतिस्पर्धा हुने गरेको छ ।

खच्चर व्यवसायी यातायातका साधनप्रति आकर्षित हुन थालेका छन् । खच्चर व्यवसाय गर्दै आएका रास्कोट नगरपालिकाका सन्तोष रोकायले ट्रक खरिद गर्नुभएको छ । उनले गाडी पुग्न नसक्ने क्षेत्रमा भने पाँचवटा खच्चर कायमै राखेका छन् ।

रास्कोट नगरपालिकाको शान्तिघाटदेखि स्युनाको सेराचौरसम्म १७ किलोमिटर सडकमा अहिले साना यातायातका साधन तथा ढुवानीका साधन सञ्चालनमा आएका छन् । स्थानीय दानबहादुर भण्डारी आफूहरुले कैलालीको चिसापानीबाट भारी बोकेको भए पनि खच्चरले सुविधा गराएको स्मरण गर्दै अहिले घरआँगनमा यातायातका साधन गुड्न थालेपछि सहज भएको बताए ।

रास्कोट नगरपालिकाको शान्तिघाटमा होटल व्यवसाय गर्दै आएका भण्डारी जस्तै अधिकांश व्यापारीलाई अहिले सहज भएको छ ।यस्तै, पचालझरना गाउँपालिका–१ का वसन्त ऐडीले खच्चर बिक्री गरेर गाडी किन्ने तयारी गरिउको बताए । उनी चालकको तालीम लिनका लागि नेपालगञ्ज गएको छन् । उनले आफैँ सवारीचालक अनुमतिपत्र लिएर गाडी चलाउने तयारी गरिरहेका छन् ।

जिल्लामा रहेका खच्चर व्यवसायी अहिले मुगु, बाजुरा, हुम्लालगायत जिल्लामा आफ्नो व्यवसाय गरिरहेको स्थानीय खच्चर व्यवसायी कमल शाहीले बताए । जिल्लामा अहिले खच्चरको संख्या तेब्बर घटेको छ । लामो समयदेखि खच्चर व्यवसाय गर्दै आउनुभएका खाँडाचक्र नगरपालिकाको बदालकोटका देवेन्द्र शाही खच्चर व्यवसायीले बाटोको लागि कठिनाइ हुँदा आफैँ रकम उठाएर बाटो बनाएर सामान ढुवानी गर्ने गरेको बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित