FLASH NEWS
  • Loading...

सुरक्षा अंग थप चनाखो हुनुपर्नेमा जोड : प्रमको जोड

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ११२ पटक पढिएको
सुरक्षा अंग थप चनाखो हुनुपर्नेमा जोड : प्रमको जोड

|k|wfgdGqL b]pjf klZrd g]kfndf g]kfnL sfFu|];sf ;efklt tyf k|wfgdGqL z]/axfb'/ b]pjf g]kfnuGhdf d+unaf/ cfof]lht ;'/Iff uf]i7LnfO{ ;Daf]wg ug'{x'Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

नेपालगञ्ज, २८ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारमाथि भएका आक्रमणका घटना सुरक्षा अंगको गम्भीर त्रुटिभित्र पर्ने भएकाले अब उप्रान्त यस्ता खाले घटना दोहोरिन नदिन सुरक्षा अंग थप चनाखो हुनुपर्नेमा जोड दिए ।

यहाँ आज आयोजित प्रदेश क्षेत्र नं ५ र ६ स्तरीय सुरक्षा गोष्ठी उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने । राजनीतिक दलबीच स्वस्थ प्रतिस्पर्धा, जनताको निर्भीकताका साथ मत खसाल्ने अधिकारलगायत निर्वाचनसँग सम्बद्ध विषयमाथि कसैले चुनौती दिन खोज्छ भने त्यस्ता व्यक्ति, समूहलाई कानूनको दायरामा ल्याउन सरकारपछि पर्ने छैन ।”

स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनका लागि सरकारले सुरक्षा व्यवस्थालाई योजनाबद्ध रुपमा सुदृढ बनाएको बताउँदै गृह मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री देउवाले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउने दायित्व सरकारको हो, हाम्रो दायित्वलाई सम्बद्ध सरकारी तथा गैरसरकारी निकाय र नेपाली जनताको पनि सहयोग पाउनेमा म विश्वस्त छु भने ।

दुई चरणमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन तोकिएको मितिमा गराउन सरकार कटिबद्ध रहेको बताउँदै उनले सबै सरोकार भएकाहरुको सहयोग जुटाई राष्ट्रिय प्राथमिकताभित्र पर्ने निर्वाचन सम्पन्न गराउन नेपाली जनताले पनि सहयोग गर्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा गृहसचिव मोहनकृष्ण सापकोटाले तीन तहको सुरक्षा घेरा बनाई निर्वाचनको सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिँदै निर्वाचन बिथोल्ने प्रकृतिका छिटपुट घटनातर्पm सुरक्षा निकायका पदाधिकारी थप चनाखो हुनुपर्नेमा जोड दिए ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दवाडीले जनकपुर र पोखरामा सुरक्षा गोष्ठी सम्पन्न भइसकेको जानकारी दिँदै सबै सुरक्षा निकायलाई सुरक्षा रणनीतिक योजनाअन्तर्गत निर्वाचनमा परिचालन गरिएको बताए ।

गोष्ठीमा गृह मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग, क्षेत्रीय प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालयका उच्च सुरक्षा पदाधिकारीको सहभागिता छ ।

गोष्ठीमा सहभागी १६ जिल्लाको जिल्लागत सुरक्षा योजनाका विषयमा प्रस्तुतीकरण भएपछि त्यसमाथि समीक्षात्मक छलफल र विश्लेषण गरिने जनाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित