FLASH NEWS
  • Loading...

धम्की दिएको कुरा निराधार काँग्रेस नेता तथा उप्रधानमन्त्री : गच्छदार

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ११८ पटक पढिएको
धम्की दिएको कुरा निराधार काँग्रेस नेता तथा उप्रधानमन्त्री : गच्छदार

इनरुवा, ३० कात्तिक । नेपाली काँग्रेसका नेता तथा उप्रधानमन्त्री विजयकुमार गच्छदारले नेकपा एमालेका उम्मेदवार भगवती चौधरीलाई धम्की दिएको भन्ने कुरा निराधार भएको बताए ।

नेपाली काँग्रेसको तर्फबाट सुनसरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभाका उम्मेदवार रहनुभएका नेता गच्छदारले एमाले र नेकपा माओवादी केन्द्रको तर्फबाट सुनसरी क्षेत्र नं ३ बाट उम्मेदवारी दिनुभएका भगवती चौधरीलाई चुनाव प्रचारमा नखट्न धम्की दिएको भन्ने कुरा हल्ला र निराधार मात्र भएको बताए ।

वाम गठबन्धनका उम्मेदवार भगवतीले पैसाको बलमा केही सञ्चारमाध्यममा आफूविरुद्ध झुठा हल्ला फैलाएको मन्त्री गच्छदारको भनाइ थियो । उपप्रधानमन्त्री गच्छदारले हल्लाको पछि नलाग्न पनि सुनसरी क्षेत्र नं ३ का मतदातासँग आग्रह गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित