FLASH NEWS
  • Loading...

नेपालका महिलाहरुको औसत प्रजनन दर २.३ प्रतिशत

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ११६ पटक पढिएको
नेपालका महिलाहरुको औसत प्रजनन दर २.३ प्रतिशत

काठमाडौ,३० कात्तिक । नेपालका महिलाहरुको औसत प्रजनन दर २.३ प्रतिशत रहेको एक सर्वेक्षणले देखाएको छ । स्वास्थ्य क्षेत्रमा हरेक पाँच वर्षमा गरिने नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण डीएचएस ०१६ ले नेपालमा महिलाको प्रजनन २.३ मा झरेको देखाएको हो ।

सन् १९९६ मा यो दर ४.६ मा रहेकोमा २० वर्षमा यो दर घटेर २.३ मा सिमित भएको हो । प्रजनन दर विभिन्न प्रदेश तथा ठाँउ अनुसार फरक रहेको सर्वेक्षणले देखाएको छ ।सर्वेक्षण अनुसार प्रदेश नम्बर ३ मा महिलाहरुको प्रजनन दर सबैभन्दा कम अर्थात १.८ रहेको पाइएको छ भने प्रदेश नम्बर २ मा प्रजनन दर सबैभन्दा बढी अर्थात ३.० रहेको पाइएको छ ।

महिलाको शैक्षिक स्तर तथा आर्थिक स्तर अनुसार प्रजनन दर पनि फरक भएको सर्वेक्षणले जनाएको छ । सर्वेक्षण अनुसार नेपालमा कुनै शिक्षा हासिल नगरेका बच्चाहरुले एसएलसी वा सो सरहभन्दा माथि शिक्षा हासिल गरेका महिलाको अनुपातमा १.५ प्रतिशत बढी बच्चा जन्माउने गरेको पाइएको छ ।

त्यस्तै, न्यून आर्थिक स्तर भएको महिलाहरुले ३।२ प्रतिशत बच्चा जन्माउने गरेकोमा सम्पन्न घर परिवारमा बसोबास गर्ने महिलाले १।६ प्रतिशत मात्र बच्चा जन्माउने गरेको पाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित