- Loading...
लोकतान्त्रिक शक्ति एक हुनुपर्छ : प्रधानमन्त्री देउवा
- गोल्डेन खबर
- ७ साल अघि
- ११९ पटक पढिएको

बैतडी, १ मंसिर । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक शक्ति एक हुनुपर्ने बताए ।आज बैतडीको पाटनमा नेपाली काँग्रेसले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रको रक्षाका लागि मंसिर १० र २१ गते हुने चुनावमा लोकतान्त्रिक गठबन्धनलाई मत दिन आग्रह गरे ।

Nepali Congress President Sher Bahadur Deuba speaking at a Legislature-Parliament in Kathmandu, on Sunday, July 24, 2016. Photo: RSS
यहाँका नागरिकले काँग्रेसलाई साथ दिएमा अबको चुनावपश्चात् पनि आफू नै प्रधानमन्त्री हुने ठोकुवा गर्दै बैतडी डडेल्धुरालगायत पहाडी जिल्लाको विकासमा आफू लागिपर्ने अठोट गरे । आफू प्रधानमन्त्री हुँदा यहाँका नागरिकले सबै कुरा खुलस्त भन्नसक्ने र आफू पनि ती गुनासा सुन्न तयार हुने प्रधानमन्त्रीले बताए ।
अहिले देशमा एमाले र माओवादीले अधिनायकवाद लाद्न खोजेकाले मुलुकलाई जोगाउन लोकतान्त्रिक गठबन्धनको आवश्यकता रहेको चर्चा गर्दै उनले कम्युनिष्टको दबाबमा बस्ने कि प्रजातन्त्रको रक्षा गर्दै स्वतन्त्ररुपमा बस्ने त्यो निर्णय जनताको हातमा रहेको उल्लेख गरे ।
प्रधानमन्त्री देउवाले सुदूरपश्चिम सुन्दर पश्चिम भएकाले बैतडीको पाटनलाई स्मार्टसिटी बनाउने र पश्चिम सेती परियोजना र पञ्चेश्वर परियोजनाको काम अघि बढाउने प्रतिबद्धता जनाए ।
उहाँले प्रदेश नम्बर ७ लाई देशकै पर्यटकीय गन्तव्य बनाउन आफूले पहल गर्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले आजै बैतडी र दार्चुलाका विभिन्न पाँच ठाउँका चुनावी आमसभालाई सम्बोधन गर्नुभएको छ । देउवाले बैतडीको पुर्चौडी, मेलौली, पाटनमा काँग्रेसले आयोजना गरेको चुनावी आमसभा र दार्चुलाको सदरमुकाम खलंगा र मार्मा गाउँपालिकाको लटिनाथमा भएका आमसभालाई सम्बोधन गरेका थिए ।