FLASH NEWS
  • Loading...

वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी कुकर बम प्रहार

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १३० पटक पढिएको
वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी कुकर बम प्रहार

काठमाडौँ, २ मंसिर । नेपाली काँग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी कुकर बम प्रहार भएको छ । उनलाई तनहुँमा बम आक्रमण भएको हो । नेपाली कांग्रेसले घटनाको भत्र्सना गर्दै घटनामा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

प्रतिनिधिसभा निर्वाचनको तनहुँ क्षेत्र १ का उम्मेदवारसमेत रहनुभएका नेता पौडल र उहाँका साथमा रहेका नेकाका कार्यकर्तालाई लक्ष्य गरी शनिबार दिउँसो तनहुँको भानु नगरपालिका वडा नं १० स्थित नेपालडाँडा नजिक अज्ञात समूहले प्रेसर कुकरबम प्रहार गरेका थिए ।

गोरखाको पालुङटारमा लोकतान्त्रिक गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्न जाने क्रममा नेता पौडल सवार गाडीमाथि बम प्रहार भएको थियो ।

सो बम प्रहारबाट उहाँका सुरक्षाकर्मी घाइते भएका थिए । नेका केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडलद्वारा आज जारी विज्ञप्तिमा लोकतन्त्रलाई नै समाप्त गर्ने आपराधिक मानसिकताबाट सुनियोजित रुपमा यसप्रकारका घटना घटिरहनु अत्यन्त दुःखद भएको जनाइएको छ ।

विज्ञप्तिमा यस प्रकारका घटनाबाट नेपालको जेठो पार्टी नेका विचलित नहुने उल्लेख छ । लोकतान्त्रिक संस्कार र संस्कृतिको उपहास गर्न खोजिएको उल्लेख गर्दै नेकाले यसप्रकारका घटना दोहोरिन नदिन सरकारसँग माग गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित