- Loading...
भोजपुरमा प्रहरी र बम राख्नेबीच भिडन्त, तीन जना घाइते !
- गोल्डेन खबर
- ७ साल अघि
- १२० पटक पढिएको

भोजपुर, २ मंसिर । षडानन्द नगरपालिकामा राखिछाडिएको बम हटाउने क्रममा शनिबार प्रहरीको अज्ञात समूहसँग भिडन्त भएको छ । षडानन्द नगरपालिका–१३ बोयाको भिरथाप्लो भन्ने ठाउँमा राखिएको टाइमबम हटाउने क्रममा अपराह्न प्रहरी र अज्ञात समूहबीच भिडन्त भएको हो ।
टाइमबम राखिएको हल्ला चलेपछि त्यसलाई हटाउन गएका प्रहरी र उक्त समूहबीच गोली हानाहान भएको हो । सो बम पड्किदा छर्रा लागेर तीनजना घाइते भएका छन् । घाइते हुनेमा नेकपा एमालेका कार्यकर्ता विक्रम राई, प्रहरी सहायक निरीक्षक उमेश मेहता र प्रहरीजवान देवनारायण चौधरी छन् ।
बम हटाउने क्रममा पड्किएपछि भिडन्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गीतनारायण चौधरीले जानकारी दिए । यसैबीच, आजै भोजपुरको उत्तरी साल्पासिलिछो गाउँपालिकाको कुलुङमा वाम गठबन्धनको कार्यक्रम भइरहेको स्थानमा पनि बम पड्किएको छ ।
वाम गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार सुदन किराती र प्रदेश क का उम्मेदवार राजेन्द्रकुमार राईको चुनावीसभा स्थल नजिकै बम पड्किएपछि सभा तितर बितर भएको थियो ।
विस्फोटबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।