FLASH NEWS
  • Loading...

विदेश पठाइदिने सञ्जीव शाह ठगी आरोपमा पक्राउ

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ९९ पटक पढिएको
विदेश पठाइदिने सञ्जीव शाह ठगी आरोपमा पक्राउ

ललितपुर, ५ मंसिर । विदेश पठाई दिन्छु भनी विभिन्न व्यक्तिबाट ठगी गर्ने सञ्जीवकुमार प्रसाद साहलाई प्रहरीले ग्वार्कोवाट पक्राउ गरेको छ ।

सर्लाही स्थायी घर भएका साहले जापान र कोरिया पठाइदिने प्रलोभनमा नखिपोट बस्ने भीमकुमार माबोबाट रु दुई लाख, हरिसिद्धी बस्ने सुरेन्द्र नेम्वाङबाट रु दुई लाख ५६ हजार, काठमाडौँ बौद्ध बस्ने धनलक्ष्मी थापाबाट रु दुई लाख ५६ हजार र लालबहादुर लिम्बूबाट रु बीस हजार ठगी गरेको पाइएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता नरेन्द्र चन्दले बताए ।

कृषि कार्यालय खुमलटारको प्रमुख भएको नाटक गरेर निजबाट ठगी गरेको पाइएको प्रवक्ता चन्दले बताए । ग्वार्कोस्थित सत्य गेष्ट हाउसको कोठाबाट ठगी गर्ने साहलाई रु दुई लाख सात हजारसहित पक्राउ गरिएको पनि उहाँले जानकारी दिए ।

साहलाई आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक चन्दले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित