FLASH NEWS
- Loading...
गायक खुशीराम पाख्रिनको शवमा ओली र प्रचण्डको झण्डा !
- गोल्डेन खबर
- ७ साल अघि
- ११९ पटक पढिएको

चितवन, ६ मंसिर । बाम गठबन्धनको कार्यक्रममा गीत गाउँदा–गाउँदै हृदयघात भएर मृत्यु भएका जनयुद्धका गायक खुशीराम पाख्रिनको शबमा ओली र प्रचण्डले पार्टीको झण्डा ओढाएका छन् ।
स्थानीय ज्ञानेश्वर सामुदायिक वन नजिक अन्त्येष्टि गरिन लागेको उनको शव देवघाटमा अन्त्येष्टि अघि माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालयमा राखिएको थियो ।
ओली प्रचण्डसँगै कार्यक्रममा माओवादी नेता रामबहादुर थापा, अमिक शेरचन, नारायण दाहाललगायतका नेता कार्यकर्ता पनि सहभागि थ्एि ।
भरतपुरको केन्द्रीय वसटर्मिलनमा आयोजित चुनावी सभामा गीत गाएपछि ढलेका पाख्रिनको मंगलवार उपचारको क्रममा नारायणी सामुदायिक अस्पतालमा निधन भएको थियो । १० बर्षे जनयुद्धमा परिवार गुमाएका पाख्रिन सहीद परिवार हुन् ।
प्रतिक्रिया दिनुहोस