FLASH NEWS
  • Loading...

चितुवाको आक्रमणमा परी प्रहरी हवल्दारसहित चार जना घाइते

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १२७ पटक पढिएको
चितुवाको आक्रमणमा परी प्रहरी हवल्दारसहित चार जना घाइते

झापा, ६ मंसिर । झापाको शिवसताक्षी नगरपालिका–५ भेलामुनिमा चितुवाको आक्रमणमा परी प्रहरी हवल्दार युवराज थापासहित चारजना घाइते भएका छन् ।  घाइते हुनेमा प्रहरी हवल्दार थापासहित शिवसताक्षी–५ का ४५ वर्षीया गीता खरेल शिवाकोटी, ४० वर्षीय देवलाल राजवंशी र ४५ वर्षीय बुद्धसिंह ताजपुरिया रहेका छन् ।

शिवाकोटीलाई धान काट्ने क्रममा बुधबार साँझ चितुवाले आक्रमण गरेपछि स्थानीयले चितुवा लखेट्ने क्रममा राजवंशी र तापुरियालाई आक्रमण गरी घाइते बनाएको थियो ।  चितुवाले आक्रमण गरेको जानकारी पाएपछि उद्धारका लागि पुगेको प्रहरीमाथि नै चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए ।

चितुवाको आक्रमणमा परी घाइते भएका मध्ये प्रहरी हवल्दार थापालाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा ल्याइएको छ भने अन्य तीन जनालाई उपचारका लागि लाइफ लाइन अस्पताल दमक पठाइएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित