FLASH NEWS
- Loading...
लमजुङबाट रामचन्द्र पौडेलले भने–‘अधिनायकवाद स्वीकार्य छैन’
- गोल्डेन खबर
- ७ साल अघि
- १२२ पटक पढिएको

सुन्दरबजार, ६ मंसीर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अधिनायकवाद स्वीकार्य नहुने बताएका छन् । लमजुङको सुन्दर बजारमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदीय व्यवस्था स्वीकारेका कम्युनिष्टहरूले मुलुकलाई अधिनायकवादतर्फ लैजान खोजेकोे आरोप लगाए ।
उनले बाम गठबन्धनले संसदीय गठबन्धनको विकल्प खोज्न लागेको आरोप लगाएका थिए । “महेन्द्रले पनि संसदीय व्यवस्था खोस्न खोजेका थिए, बामपन्थीले पनि संसदीय व्यवस्था खोस्न खोजेका छन्, यो व्यवस्था कुनैपनि हालतमा खोसिँदैन”– नेता पौडेलले भने।
उनले बहुदल भन्ने तर मुलुकमा एकदल लागू गर्न खाज्ने कम्युनिष्टहरूसँग देश र जनताको माया नभएको विचार व्यक्त गरेका थिए । उनले संसदीय प्रणालीले विश्वका युरोप, जापान, भारतलगायतका मुलुकको विकास भएको भन्दै यो व्यवस्थालाई रोज्न जनतालाई आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस