FLASH NEWS
  • Loading...

केपी ओली भन्छन्–‘विकासका लागि जमानी बस्न तयार छु’

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १४१ पटक पढिएको
केपी ओली भन्छन्–‘विकासका लागि जमानी बस्न तयार छु’

दाङ, ६ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको चुनाव मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थिरताका लागि भएको भन्दै विकासको लागि जिम्मा लिन आफू ‘जमानी’ बस्न तयार भएको बताएका छन् ।

संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन समितिले आज घोराहीमा गरेको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘‘त्यो आवश्यकता पुरा गर्न माओवादी केन्द्र र एमालेबीच चुनावी तालमेल भएको हो, चुनावपछि वाम गठबन्धनको सरकार बन्छ ।”

उनले मुलुक चुनावपछि नयाँ युगमा प्रवेश गर्ने बताउँदै अब मुलुकमा जनता भोकै बस्नु नपर्ने ठोकुवा गरेका थिए । कांग्रेसको नेतृत्वबाट मुलुकले निकास पाउन नसकेपछि कम्युनिष्ट शक्ति एक भएर मुलुकको विकास अगाडि बढाउन कम्युनिष्ट सरकार गठन हुने दाबी उनको थियो ।

उनले आफ्ना विचार जनताका माझ राख्न जनसभा गरेका बेला विप्लव माओवादीले गरेको बन्दलाई के गर्न खोजेको भनेर प्रतिप्रश्न समेत गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित