FLASH NEWS
  • Loading...

पुर्वमन्त्रीहरुको चुनावी एजेन्डा : स्वास्थ्य केन्द्रको स्तरोन्नति !

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ८३ पटक पढिएको
पुर्वमन्त्रीहरुको चुनावी एजेन्डा : स्वास्थ्य केन्द्रको स्तरोन्नति !

कञ्चनपुर, ७ मंसिर । कञ्चनपुर क्षेत्र नं ३ का वाम गठबन्धन र नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवारले दोधारा चाँदनीको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी अस्पताल बनाउने चुनावी एजेण्डा बनाएका छन् ।

वाम गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा दीपक प्रकाश भट्टले स्वास्थ्य केन्द्रलाई ५० श्ययाको अस्पताल बनाउने एजेण्डा अघि सारेका छन् ।

वाम गठबन्धनको सबै स्थानीय तहमा ५० श्ययाको अस्पताल बनाउने चुनावी एजेण्डा छ । काँग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रमेश लेखकले पनि स्वास्थ्य केन्द्रलाई १५ श्ययाको अस्पताल बनाउने चुनावी एजेण्डा अघि सारेका हुन् । उनी २०५६ देखि निरन्तर यस क्षेत्रको सांसद रहँदै आएका छन् ।

पचास हजार जनसंख्या रहेको दोधारा चाँदनी अहिले माहाकाली नगरपालिका बनेको छ । यहाँ २२ हजार ३१५ मतदाता छन् । कञ्चनपुर क्षेत्र नं ३ को जितमा माहाकाली निर्णायक हुने भएकाले दुवै उम्मेदवारमा मत तान्ने प्रतिस्पर्धा बढेको छ ।

उम्मेदवार लेखकले स्वास्थ्य केन्द्रको स्तरोन्नतिबाहेक महाकाली पुल, सुख्खा बन्दरगाह र नदी नियन्त्रणलाई पनि चुनावी एजेण्डा बनाएका छन् ।

अर्का उम्मेदवार भट्टले महाकालीमा पुल, सुख्खा बन्दरगाह, तटबन्ध निर्माणसहित दोधारा चाँदनीमा माला आकारको चक्रपथ निर्माण, सिँचाइ सुविधा, विद्युतीकरण, सडक कालोपत्रे, प्राविधिक शिक्षालय स्थापनालगायतका चुनावी एजेण्डा बनाएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित