FLASH NEWS
- Loading...
पूर्वमन्त्री रमेश लेखक दोधारा चाँदनीको घरदैलोमा !
- गोल्डेन खबर
- ७ साल अघि
- १६२ पटक पढिएको

कञ्चनपुर, १३ मंसिर । नेपाली काँग्रेसका उम्मेदवार तथा पूर्वमन्त्री रमेश लेखकले दोधारा चाँदनीमा दोस्रो चरणको चुनावी प्रचार कार्यक्रम शुरु गरेका छन् ।
भीमदत्त नगरपालिकामा पहिलो चरणको घरदैलो पूरा गरी नेता लेखक मंगलबार प्रचारमा निस्केर दुई दिनसम्म दोधारा चाँदनी क्षेत्रमा प्रचार गर्ने काँग्रेसका क्षेत्रीय प्रवक्ता अफिलाल जोशीले बताए ।
लेखकले साविक चाँदनीमा वडा र टोलस्तरीय चुनावी सभालाई सम्बोधन गरेका थिए । निर्वाचन क्षेत्र नं ३ मा बेदकोट नगरपालिका–८ सहित भीमदत्तका १९ र महाकाली नगरपालिका १० वडा पर्छन् । क्षेत्र नं ३ मा ९२ हजार मतदाता छन् ।
प्रतिक्रिया दिनुहोस