FLASH NEWS
- Loading...
कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा ६ जना घाइते
- गोल्डेन खबर
- ६ साल अघि
- ८४ पटक पढिएको
नवलपरासी, १३ मंसिर । नवलपुरको मध्यविन्दु नगरपालिका वडा नं ६ बरुवामा नेपाली कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा ६ जना घाइते भएका छन् ।
घाइते हुनेमा नेपाली कांग्रेस मध्यविन्दु नगर समितिका सभापति दुमन भण्डारी, नुमाकान्त भण्डारी र अरुण भण्डारी रहेका छन् भने एमाले मध्यविन्दु नगर कमिटीका अध्यक्ष दुर्गा भुर्तेल, श्याम पौडेल र विजय भुर्तेल पनि घाइते भएका छन् ।
घाइते भएकामध्ये कांग्रेस नगरसभापति भण्डारी र एमाले नगर अध्यक्ष भुर्तेलको अवस्था चिन्ताजनक छ । भण्डारीलाई कालीगण्डकी अस्पतालमा उपचारपछि थप उपचारका लागि भरतपुर मेडिकल कलेज चितवन रिफर गरिएको अस्पतालले जनाएको छ ।
एमालेका घाइते कार्यकर्ताहरुको मध्यविन्दु अस्पताल डण्डामा उपचार पछि थप उपचारका लागि चितवनको भरतपुर पठाइएको एमाले नवलपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस