FLASH NEWS
  • Loading...

शीतलहर र बढ्दो चिसोका कारण बारामा विद्यालय बन्द

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १०७ पटक पढिएको
Post Thumbnail

कलैया, १८ पुस । केही दिनदेखिकोे शीतलहर र बढ्दो चिसोका कारण बारामा पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ ।

जिल्ला शिक्षा समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति बाराका सभापति नवलकिशोर सिंहको अध्यक्षतामा आइतबार बसेको शिक्षा समितिको बैठकले सो निर्णय गरेको बाराका जिल्ला शिक्षा अधिकारी लालबाबु साहले जानकारी दिनुभयो ।

शीतलहरका कारण अत्यधिक जाडो बढेपछि बालबालिकालाई पठनपाठनमा कठिनाइ भएकाले यही पुस १७ देखि २१ गतेसम्म पाँच दिनका लागि विद्यार्थीलाई बिदा दिई विद्यालय बन्द गर्ने निर्णय भएको रा.स.सले जनाएकाे छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित