- Loading...
आज सहिद दिवस, सहिदको सम्झनामा विभिन्न कार्यक्रम गरि मनाइँदै
- गोल्डेन खबर
- ७ साल अघि
- १२६ पटक पढिएको

काठमाडौं । प्रजातन्त्र स्थापना तथा पुर्नस्थापना र विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन वलिदान दिने सहिदको सम्झनामा माघ १६ गते विविध कार्यक्रम गरी सहिद दिवस मनाइँदै छ ।
सहिदको सम्झनामा गएको १० गतेदेखि सप्ताहव्यापी कार्यक्रम भइरहेको छ ।सहिद दिवसका अवसरमा रत्नपार्क, शान्तिबाटिकादेखि सहिद स्मारक लैनचौरसम्म प्रभातफेरि गरी सहिद प्रति श्रद्धाञ्जलि दिईंदै छ ।
त्यस्तै दिउँसो प्रथम सहिद लखन थापादेखि पछिल्ला लोकतान्त्रिक आन्दोलनमा शहादत प्राप्त गर्ने सहिदका सम्झनामा गोकर्णेश्वरमा निर्माणाधीन राष्ट्रिय सहिद स्मारकमा कार्यक्रम हुँदैछ ।
सरकारले हरेक वर्ष सहिदको सम्झनामा कार्यक्रम गर्दै आए पनि सहिदको सपना अझै पूरा हुन नसकेको गुनासो बढिरहेको छ ।
नागरिक स्वतन्त्रताको माग गर्दा १९९७ सालमा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुमा रहेको पचलीमा, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा तथा गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणाशासकले मृत्युदण्ड दिएका थिए ।
दिवसका अवसरमा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासहित मुख्य दलका शिर्ष नेताहरुले सहिद दिवसको शुभकामना सन्देश दिनुभएको छ ।