FLASH NEWS
  • Loading...

मरेर पनि वाँचीरहनु सवैभन्दा महत्वपुर्ण ः सहिद पत्नी पाण्डे

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ११७ पटक पढिएको
मरेर पनि वाँचीरहनु सवैभन्दा महत्वपुर्ण ः सहिद पत्नी पाण्डे

काठमाडौं । जीवनको सवै भन्दा ठुलो सत्य मृत्यु हो । जन्मे पछि हरेक मान्छेहरुले मृत्युवरण गर्नै पर्दछ । तर शारीरिक रुपमा जीवन गुमाईसके पनि सवैको सम्झनामा रहिरहन सक्नु नै महत्वपुर्ण कुरा हो । जुन आफ्नो श्रीमान तिलक पाण्डेले प्राप्त गरेको भनाई व्यक्त गरेकी छन् सहिद पत्नी डा.जानकी तुलाधर पाण्डेले ।
आज सहिद दिवसको सन्दर्भ पारेर गोल्डेन खवर संग कुरा गर्दै डा.पाण्डेले सहिद तिलक लमजुङ जिल्लाको समृद्धि र आमुल परिवर्तनका लागि लोकप्रिय नेता हुनुभएको वताएकी छन् ।
तत्कालिन अवस्थामा नेकपा एमाले लमजुङ जिल्ला कमिटि सदस्य तथा क्षेत्र नं २ का इन्चार्ज समेत रहेका पाण्डेलाई आजकै दिन अर्थात् २०६१ साल माघ १६ गतेको माओवादी जनयुद्धको क्रममा हत्या गरिएको थियो ।


सहिद दिवस कै सन्दर्भ पारेर आज नेकपा एमाले लमजुङ जिल्ला र नगरकमिटि सुन्दरवजारको आयोजनामा सहिद पाण्डेको १३ औं स्मृति सभाको समेत आयोजना गरिएको थियो ।
सो सभाका वक्ताहरुले सहिदको सपना साकार गर्न आफुहरुले सकृय भुमिका निर्वाह गर्ने वताएका थिए । अव सहिद पाण्डेको सम्झनामा वाटो , पार्कहरुको समेत नामकरण गर्न जरुरी भएको वताएका थिए ।
एमाले नेता तथा प्रदेश सभाका सांसद धनञ्जय दवाडीको सभापतित्व र सांसद मायानाथ अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त स्मृति सभामा सहिद पत्नी डा.पाण्डे , जिल्ला समन्वय समितिका संयोजक लोकराज पाण्डे, सुन्दरवजार नगर प्रमुख जनक मिश्र लगायतका एमाले नेता कार्यकर्ता र स्थानीयहरुको सहभागिता रहेको थियो ।
त्यसै गरि पाण्डेकै संझनामा घटनास्थल सुन्दरवजार २ परेवाडाँडामा वडास्तरीय कमिटिले एक छुट्टै कार्यक्रम सम्पन्न गरेको थियो । पाण्डेकै नाममा परेवाडाँडामा तिलक स्मृति युवा क्लव गठन गरिएको र सो स्थानमा अव गरिने कार्यक्रमहरु पनि क्लवकै अगुवाइमा गरिने जनाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित